फोरजी स्न्यापड्रागन ७ जेन १ चिपसेट सहितको ह्वावे मेटप्याड ११.५ पेपरम्याट एडीशन लन्च

  • Technology Khabar | २ आश्विन २०८०, मंगलवार
फोरजी स्न्यापड्रागन ७ जेन १ चिपसेट सहितको ह्वावे मेटप्याड ११.५ पेपरम्याट एडीशन लन्च

काठमाडौं ।

ह्वावेले यस हप्ता बार्सिलोनामा एक मेगा कार्यक्रम आयोजना गरेर रेञ्ज अफ न्यू प्रोडक्टस् (नयाँ उत्पादनहरूको दायरा) घोषणा गरेको छ। कार्यक्रममा फ्रीबड्स प्रो ३ र आइवेयर २ का साथै गोल्ड एडीशनको नयाँ वाच अल्टिमेट देखिएको छ।

त्यस्का साथै कम्पनीले मेटप्याड ११.५ लाई नयाँ पेपरम्याट भर्सनमा लन्च गरेको छ। मेटप्याड ११.५ ले प्रयोगकर्ताको आँखालाई स्वस्थ राख्ने लक्ष्य राखेको उल्लेख छ। यस नयाँ ट्याब्लेटमा १२० हर्ज रिफ्रेस रेट सहितको ११.५ इन्च २.२के एलसीडी स्क्रिन रहेको जनाइएको छ। त्यसैगरी स्लेटको हुड अन्तर्गत स्न्यापड्रागन ७ जेन १ चिपसेट प्याक गरिएको छ।

यस नयाँ ह्वावे मेटप्याड ११.५ मा नयाँ न्यानो–एज्ड स्क्रिन कोटिङ्ग रहेको र यसले कागज जस्तो अनुभूति (पेपर–लाईक फिल), कम चमक (रिड्युस्ड ग्लेर) र आँखामा कम तनाव (लेस आई स्ट्रेन) प्रदान गर्ने जनाइएको छ। साथै यसले दोस्रो पुस्ताको एम–पेन्सिल स्टाइलससँग थप न्याचुरल राइटिङ्ग एक्सपिरियन्स (प्राकृतिक लेखन अनुभव) पनि प्रदान गर्ने जनाइएको छ।

ट्याब्लेटले २.२के रिजोल्युसन सहितको एलसीडी स्क्रिन ११.५ इन्चको डिस्प्ले ल्याएको छ। साथै यो डिस्प्ले ६० हर्ज र १२० हर्ज बीचमा रिफ्रेस हुने जनाइएको छ। त्यस्का साथै यो स्लेटको मोटाई ६.८५ मिमी र तौल ४९९ ग्राम छ।

यस बाहेक, मेटप्याड ११.५ पेपरम्याट एडीशनमा स्ट्याण्डर्ड मोडलको जस्तै स्पेसिफिकेसनहरू रहेको छ। यस नयाँ ट्याब्लेटमा फोरजी स्न्यापड्रागन ७ जेन १ चिपसेटलाई ८जीबी र्याम र २५६जीबी स्टोरेज सँग पेयर्ड गरिएको जनाइएको छ। सफ्टवेयर फ्रन्टमा हार्मोनीओएस ३.१ चलाउनुका साथै ट्याब्लेटले ग्रुप कोल्याबोरेसन, स्मार्ट मल्टि–विन्डो र सुपरहब मार्फत सजिलो डाटा सेयरिङ्ग जस्ता सुविधाहरू समर्थन गर्ने थप उल्लेख छ।

क्यामरा अन्तर्गत ह्वावे स्लेटको रियर १३ मेगापिक्सेल शूटर र फ्रन्ट ८ मेगापिक्सेल क्यामरा समावेश गरिएको छ। यस नयाँ ट्याब्लेटमा ७,७०० एमएएच ब्याट्री प्याक गरिएको र यूएसबी–सी मार्फत २२.५डब्ल्यू चार्जिङ समर्थन गर्नेछ।

ह्वावे मेटप्याड ११.५ पेपरम्याट एडीशन सेप्टेम्बर १९ मा खरिदका लागि उपलब्ध हुनेछ भने यसको मूल्य ३९९.९९ पाउन्ड स्टर्लिंग (४२७ अमेरिकी डलर) हुने उल्लेख छ। साथै यो नयाँ ट्याब्लेट ‘स्पेस ग्रे’ कलर (रङ्ग) मा मात्र उपलब्ध हुने र आधिकारिक ह्वावे वेबसाइटमार्फत खरिद गर्न सकिने उल्लेख छ।

प्रकाशित: २ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार