
काठमाडौं ।
नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी थोरैले घटेको देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० साउनको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर मार्फत हुने भुक्तानीमा गिरावट देखिएको हो।
साउनमा क्यूआर मार्फत २९ अर्ब ९९ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ। गत असारमा क्यूआर मार्फत ३० अर्ब १४ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको थियो। असारको तुलनामा साउनमा क्यूआर मार्फत हुने भुक्तानी १५ करोड २० लाख रुपैयाँले घटेको छ।
क्यूआर मार्फत हुने भुक्तानी रकम घटे पनि कारोबार संख्या भने बढेको देखिएको छ। गत असारमा क्यूआर मार्फत ९७ लाख ६६ हजार २१६ पटक कारोबार भएकोमा साउनमा भने १ करोड १२ लाख ५७ हजार ३८८ पटक कारोबार भएको छ।
प्रकाशित: २ आश्विन २०८०, मंगलवार