साउनमा वालेट मार्फत २२ अर्बको भुक्तानी

  • Technology Khabar | १ आश्विन २०८०, सोमबार
साउनमा वालेट मार्फत २२ अर्बको भुक्तानी

काठमाडौं ।

नेपालमा भुक्तानी सेवा प्रदायक (वालेट) मार्फत भुक्तानी गर्नेको संस्कार बढ्दो क्रममा देखिएको छ।  वालेट मार्फत २१ अर्ब ९१ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० साउनको मासिक भुक्तानी प्रणाली सूचकमा देखिएको हो।

असारमा २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो। असारको तुलनामा साउनमा वालेट मार्फत हुने भुक्तानी १ अर्ब ५९ करोड रुपैयाँ आर्थत ७.८२ प्रतिशतले बढेको छ।

भुक्तानी रकमसँग वालेट मार्फत हुने कारोबार संख्या पनि बढेको छ। गत
असारमा वालेट मार्फत २ करोड ८ लाख २२ हजार ८६१ पटक कारोबार भएको थियो। साउनमा वालेट मार्फत २ करोड २२ लाख ५ हजार ९४७ पटक करोबार भएको छ। असारको तुलनामा साउनमा कारोबार संख्या १३ लाख ८३ हजार ८६ पटकले बढेको छ।

वालेट प्रयोगकर्ता १ करोड ९५ लाख ४० हजार ३०५ पुगेका छन्।

सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ।

मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन्। साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ।

प्रकाशित: १ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १ आश्विन २०८०, सोमबार