
काठमाडौं ।
ई-सेवा र ई-सेवा मनि ट्रान्सफरले मेरो “डिजिटल देश“ अभियान शुरु गरेको घोषणा गरेको छ। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम सार्वजनिक गरिएको हो।
मेरो “मेरो डिजिटल देश“ अभियान विदेशमा रहेका नेपालीहरुले वैधानिक तथा डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन सहज पार्ने उद्देश्यका साथ गत वर्षबाट सुरु गरिएको थियो। सो पहलमार्फत, कम्पनीले डिजिटल रेमिटेन्सका फाइदाहरू बारे चेतना जगाउने र रेमिटेन्स पठाउनका लागि औपचारिक च्यानलहरूको प्रयोग र राष्ट्रिय अर्थतन्त्रमा उनीहरूको प्रभावलाई प्रबर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ।
पत्रकार सम्मेलनमा एफ १ सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठ, इसेवा मनि ट्रान्सफरका सीइओ अजेस कोइराला, इसेवाका सीइओ जगदीश खड्का, ब्राण्ड फेस अफ इसेवा अभिनेत्री स्वस्तिमा खड्का, ब्राण्ड एम्बेस्डर बिपीन कार्की लगायत उपस्थित थिए।
कार्यक्रममा उपस्थित अतिथीहरुले वैधानिक तथा डिजिटल माध्यमबाट रेमीटेन्स पठाउन सहज हुने बताउनुका साथै अभियानका बारेमा आफ्ना अनुभवहरू साझा गरेका थिए।
प्रकाशित: ३१ भाद्र २०८०, आईतवार