भारतमा आपतकालीन चेतावनी प्रणालीको परीक्षण गरिँदै, मोबाइल फोनमा अलर्ट एसएमएस पठाउँदै

Technology Khabar ३१ भाद्र २०८०, आईतवार

काठमाडौं ।

छिमेकी देश भारतको सरकारले देशभर आपतकालीन अलर्ट सेवाको परीक्षण गरिरहेको छ, जसका कारण धेरैले आफ्नो मोबाइलमा अनौठो आवाजको सन्देश आइरहेको बताएका छन्।

यो सन्देशमा भारत सरकारले यस परीक्षणसँग सम्बन्धित जानकारी दिएको छ। यसैगरी एक सूचनामार्फत अलर्ट परीक्षण भईरहेको जानकारी समेत दिएको छ।

भारत सरकारले गत जुलाई २० मा पहिलो पटक आपतकालीन सतर्कता प्रणालीको बारेमा जानकारी दिएको थियो, जसमा सरकारले प्राकृतिक प्रकोप वा आपतकालिन अवस्थासँग जुध्न देशभर आपतकालीन चेतावनी प्रणालीको परीक्षण गरिने जनाएको थियो। यस प्रणालीमार्फत सरकारले कुनै पनि सूचनालाई एकै पटक देशभर प्रसारण गर्नेछ।

इमर्जेन्सी अलर्ट सिस्टममा प्रयोगकर्ताले आफ्नो मोबाइलमा अनौठो आवाजको साथमा म्यासेजमा उक्त आपतकालीन बारे जानकारी पाएका छन्। यो अलर्ट सिस्टम भारतीय सरकार र दूरसञ्चार विभागले संयुक्त रुपमा तयार पारेको हो। जसमा मोबाइल प्रयोगकर्तालाई आगामी प्राकृतिक प्रकोप वा आपतकालको बारेमा जानकारी गराउन सकिन्छ।

एकै समयमा, आपतकालीन सतर्कताले विपद् अघि वा समयमा मानिसहरूलाई सचेत गराई जीवन बचाउन मद्दत गर्ने बताईएको छ।

भारतीय सरकारले इमर्जेन्सी अलर्ट सिस्टमको परीक्षण सुरु गरेको बताएको छ, जसका कारण धेरै मोबाइल प्रयोगकर्ताले अनौठो आवाजका म्यासेज प्राप्त गरिरहेका छन् ।

भारतीय दूरसञ्चार विभागका अनुसार बाढी वा प्राकृतिक प्रकोप जस्ता आपतकालिन अवस्थामा सर्वसाधारणलाई सचेत गराउन यो सन्देश आपतकालीन परीक्षण भएको हो।

प्रकाशित: ३१ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया