एप्पलको ए१७ प्रो चिपसेट गीकबेन्चमा देखियो, पर्फमेन्स कोर्स ३.७८ गीगाहर्जमा क्लक्ड

  • Technology Khabar | ३० भाद्र २०८०, शनिबार
एप्पलको ए१७ प्रो चिपसेट गीकबेन्चमा देखियो, पर्फमेन्स कोर्स ३.७८ गीगाहर्जमा क्लक्ड

काठमाडौं ।

आईफोन १५ प्रो र १५ प्रो म्याक्सलाई यस हप्ताको सुरुवातमा ३एनएम चिपसेट सहितको पहिलो फोनको रूपमा बजारमा घोषणा गरिएको थियो।

एप्पल ए१७ प्रो एसओसीमा ६–कोर प्रोसेसर सहित २ पर्फमेन्स कोर्सको साथमा ४ इफिसेन्सी युनिटहरू फिचर्स गरिएका छन् भने एप्पलले ए१६ बायोनिकको तुलनामा १० प्रतिशत थप स्पीड प्रदान गरेको दाबी गरेको छ।

यसै क्रममा गीकबेन्चमा आईफोन १५ प्रो सिरिजको बेन्चमार्क स्कोरहरू उपलब्ध भएकाले स्कोरहरूले अब ए१७ प्रो चिपको थप विवरणहरूको खुलासा गर्नुका साथै गत वर्षको ए१६ बायोनिक एसओसी सँग तुलना गर्न बेसलाइन (आधारभूत) प्रदान गर्नेछ।

आईफोन १५ प्रो (आईफोन १६,१) ले २,९०८ सिङ्गल–कोर पोइन्टस् (अंक) र ७,२३८ मल्टि–कोर स्कोर प्राप्त गरेको छ। रिफ्रेन्स (सन्दर्भ) का लागि, गत वर्षको आईफोन १४ प्रोले गीकबेन्चमा २,५०० सिङ्गल–कोर र ६,४०० मल्टि–कोर रेञ्जेस स्कोर गरेको र यसले नयाँ आईफोन १५ प्रोमा १६ प्रतिशत सिङ्गल–कोर स्कोर इप्रुभमेन्ट र १३ प्रतिशत मल्टि–कोर गेन ट्रान्सलेट गरेको छ।

त्यसैगरी गीकबेन्चले ए१७ प्रो भित्र सीपीयू पर्फमेन्स कोर्सका लागि ३.७८ गीगाहर्ज बेस फ्रिक्वेन्सीको पनि खुलासा गरेको र क्राउनलाई मोबाइल चिपसेटमा सबैभन्दा छिटो कार्यसम्पादन कोरको रूपमा लिएको उल्लेख छ।

अहिलेको लागि इफिसेन्सी कोर कल्क स्पिडको बारेमा भने कुनै पनि जानकारी उपलब्ध नभएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

आईफोन १५ प्रो म्याक्स (आईफोन १६,२) ले क्रमशः २,८४६ सिङ्गल–कोर पोइन्ट र ७,०२४ मल्टि–कोर पोइन्टस् प्राप्त गरकोे उल्लेख छ। नयाँ गीकबेन्च लिस्टिङ्गले एक्सकोडमा यस अघि खुलासा गरेअनुसार ८जीबी र्यामको पुष्टि गरेको जनाइएको छ। नयाँ ३एनएम ए१७ प्रो चिपले नयाँ ३एनएम प्रक्रियालाई इफिसेन्सीको हिसाबले कसरी फेयर्स दिन्छ भनेर हेर्न रोचक हुनेछ।

प्रकाशित: ३० भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार