
काठमाडौं ।
होन्डाले सिटि गोअर्सका लागि भनेर आफ्नो नयाँ मोटोकम्प्याक्टो इलेक्ट्रिक स्कुटर अनावरण गरेको छ। यो नयाँ इलेक्ट्रिक स्कुटर परम्परागत ई–बाइक जस्तो ढाँचाको नभएर एकदमै नयाँ ट्रेन्डसेटिङ डिजाइनमा रहेको उल्लेख गरिएको छ।
सन् १९८० दशकको मोटोकम्पो प्रेरणाको लागि मात्र नभएर अन्य विषयका लागि पनि यस नयाँ इलेक्ट्रिक स्कुटर मानिसहरूको माझ चर्चामा रहेको छ।
पोर्टेबल टेबल जस्तै फोल्डेड डिजाइन, सानो एल्युमिनियम ह्विल्स र अन्थ थप कारणहरुले गर्दा यस नयाँ इलेक्ट्रिक स्कुटर अन्य भन्दा फरक रहेको छ। साथै ह्यान्डलबार्स, सिट र ब्याक ह्विलको क्वीक् एक्सटेन्सन (द्रुत विस्तार) को साथ, यो केवल तीन फिट लम्बाइको सानो सवारीमा परिणत हुने उल्लेख छ।
१२ माइलको रेञ्ज भएको सस्तो स्कूटर
मोटोकम्प्याक्टो तौल ४१ पाउण्ड (१८.५९७३ किलोग्राम) भए तापनि यो इलेक्ट्रिक स्कुटर ठ्याक्कै फेदर–लाइट भने नभएको तर अन्य औसत ई–बाइकसँग तुलना गर्न सकिने जनाइएको छ। त्यसै गरी यस इलेक्ट्रिक स्कुटरले १२ माइलको मामूली दायरा प्रदान गर्ने भएकोले रोड ट्रिप (सडक यात्रा) को योजना नगर्नु आग्रह समेत गरिएको उल्लेख छ।
मोटोकम्प्याक्टोलाई चार्ज गर्नका लागि ३.५ घण्टा समय लाग्ने छ भने इन्टिग्रेटेड अन–बोर्ड चार्जरले स्ट्याण्डर्ड ११० भोल्ट आउटलेटमा प्लग गर्न दिने उल्लेख गरिएको छ।
त्यसैगरी नयाँ मोटोकम्प्याक्टो इलेक्ट्रिक स्कुटरको पोर्टेबिलिटीले गर्दा यसको निकै चर्चा चलिरहेको उल्लेख छ। कारमा वा सार्वजनिक ट्रान्जिटमा सहज रूपमा एकिकृत गर्ने तवरले डिजाइन गरिएको हुनाले मोटोकम्प्याक्टो सहरी यात्रुहरूका लागि उपयुक्त हुने र यस ई–बाइकलाई लक गरिरहने झन्झट पनि नपर्ने उल्लेख गरिएको छ।
यो एक समय सापेक्ष थप हुनुका साथै सन् २०४० सम्ममा होन्डाको सम्पूर्ण सवारी साधनलाई विद्युतीय र इन्धन–सेलमा रूपान्तरण गर्ने महत्वाकांक्षी लक्ष्यसँग पङ्क्तिबद्ध रहेको उल्लेख छ।
मोटोकम्प्याक्टोलाई आगामी नोभेम्बरमा रोल आउट गर्न सेट गरिएको छ भने यस ई–बाइकको मूल्य ९९५ अमेरिकी डलर भन्दा कम रहने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
प्रकाशित: ३० भाद्र २०८०, शनिबार