
काठमाडौं ।
पावर एसेसरिज निर्माता इगोले पावर प्लस मिनी बाइक लन्च गर्दै इलेक्ट्रि मोटरबाइक मार्केट (विद्युतीय मोटरसाइकल बजार) मा प्रवेश गरेको छ। इगो पावर प्लस मिनी बाइक विद्युतीय मोटरसाइकल चलाउन सिकिरहेका युवाहरूका लागि डिजाइन गरिएको उल्लेख छ।
शेभरन पावर टूल्स ब्रान्ड इगोसँग आफ्नो पोर्टफोलियोमा यस अघि नै बोस्ट गर्न लायक धेरै इलेक्ट्रिक पावर टुल्स (विद्युतीय शक्ति उपकरणहरू) का साथ विश्वव्यापी रुपमा आफूलाई उपस्थिति गराई सकेको छ। त्यसैगरी इगो लनमोवर्स (घाँस काट्ने), लिफ (पात) ब्लोअर्स र अन्य इलेक्ट्रिक पावर टुल्सहरू भन्दा बाहिर आफूलाई विस्तार गरि रहेको छ।
नयाँ पावर प्लस मिनी बाइकले टु–ह्विलर मार्केट (विद्युतीय दुईपाङ्ग्रे बजार) को युवा जमातलाई लक्षित गरेको जनाइएको छ। पछिल्लो समय किड–फोक्स्ड इलेक्ट्रिक टु–ह्विलर्स (बालबालिका केन्द्रित विद्युतीय दुई पाङ्ग्रे सवारी साधन) को माग बढेको छ।
साथै ट्रेन्डले इलेक्ट्रिक मोबिलिटी (विद्युतीय गतिशीलता) तर्फ युवा जनसंख्यको बढ्दो चासोलाई प्रतिबिम्बित गर्दछ भने विकासले दिगोपन र रमाइलोपन दुवैलाई बढावा दिने उल्लेख छ।
इगो पावर प्लस मिनी बाइकमा रियर हब मोटर रहेका छ भने यस मोटरले बाइकको लागि २८ माइल प्रतिघण्टाको टप स्पीड प्रदान गर्ने उल्लेख छ। साथै पावरप्लस मिनीमा इको, नर्मल र स्पोर्ट गरी तीन ओटा राइड मोडहरू पनि रहेका छन्। उक्त मोडहरुले बाइकको पर्फमेन्सलाई सहज स्तरमा समायोजन गर्न अनुमति दिने उल्लेख छ।
त्यस्का साथै बाइकमा रिभर्स मोड पनि रहेको हुनाले पार्किङलाई निकै सजिलो बनाउने जनाइएको छ। यो बाइक इगो पावरप्लस ५६–भोल्ट एआरसी लिथियम ब्याट्रीहरुसँग कम्प्याटिबल छ। ब्याट्रीको एक जोडीले एक पटकको चार्जमा २० माइल (३२ किलोमिटर) सम्म डेलिभर गर्ने जनाइएको छ। साथै ब्याट्रीहरू प्याकेजमा समावेश एक्सेसरिजहरूको अंश हुने भनी नोट गरिएको उल्लेख छ।
इगो पावर प्लस मिनी बाइकमा रहेको डिजिटल डिस्प्लेले विभिन्न राइड प्यारामिटर्समा रियल–टाइम जानकारी प्रदान गर्ने जनाइएको छ। सो जानकारीहरुमा स्पिड, एक्सिलेरेसन, रेञ्ज र ब्याट्री स्टरयाटस् (गति, प्रवेग, दायरा र ब्याट्री स्थिति) समावेश रहेका छन्। इगो मिनीको रग्ड डिजाइन मोडर्न हुनुका साथै कन्ट्रास्टिङ ग्रे र ग्रीन रङ्ग रहेको जनाइएको छ।
यस मिनी बाइकमा फ्रन्ट र रियर सस्पेन्सन सिस्टमका साथै फ्रन्ट र रियर हाइड्रोलिक डिस्क ब्रेकहरू पनि समावेश गरिएका छन्। साथै पावर प्लस मिनी बाइकका टायरहरु अफ–रोडमा पनि चलाउनका लागि उपयुक्त हुने जनाइएको छ।
प्रकाशित: ३० भाद्र २०८०, शनिबार