फक्सकनले आईफोन १५ सिरिजको माग पूरा गर्न चीनमा कामदारहरू तीव्र रुपमा भर्ना गर्ने

  • Technology Khabar | २९ भाद्र २०८०, शुक्रबार
फक्सकनले आईफोन १५ सिरिजको माग पूरा गर्न चीनमा कामदारहरू तीव्र रुपमा भर्ना गर्ने

काठमाडौं ।

एप्पलले भर्खरै एक कार्यक्रममार्फत आफ्नो बहु प्रतिक्षित आईफोन १५ सिरिजलाई अनावरण गरेको छ। सो नयाँ मोडलहरूले आफ्ना फिचर्स (सुविधाहरू) द्वारा प्रयोगकर्ताहरूको मन जितेको र मूल्य वृद्धिको अफवाहहरु भने निराधार साबित भएको छ।

साथै यसले कम्पनीको पहिलेबाट नै उच्च रहेको अपेक्षाहरू थप बढाउने र आईफोन कन्ट्र्याक्टर फक्सकन झेङ्गझाउ प्लान्टले चीनमा थप कामदारको भर्ना संख्यालाई तीव्र रुपमा वृद्धि गर्ने भएको छ।

आईफोन १५ सिरिजका लागि नयाँ कामदारहरू थप्दै

भर्खरैको आईफोन १५ लन्चका कारण विश्वको सबैभन्दा ठूलो आईफोन कारखानाले हायरिङमा र्याम्पिङ्ग अप गर्ने उल्लेख छ। फक्सकनले नयाँ कामदारहरूलाई आकर्षित गर्न भनेर ८,००० युआन सम्मको साइनिङ बोनस प्रदान गर्ने भएको छ।

“आईफोन सिटी” उपनाम दिइएको यस प्लान्टले ५.६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ र पूर्ण क्षमतामा करिब २ लाख कामदारहरू कार्यरत रहेको जनाइएको छ। साथै यो प्लान्ट धेरै संख्यामा आईफोनहरूको एसेम्बली गर्न र विश्वव्यापी रूपमा बिक्री गर्न जिम्मेवार रहेको उल्लेख छ।

चीनको कडा कोभिड–१९ नियन्त्रणका कारण गत वर्ष कम्पनीले श्रमिक अभाव र उत्पादन अवरोधहरू अनुभव गरेपछि फक्सकनको हायरिङ स्प्री (कामदार भर्तीको होड) आएको जनाइएको छ। त्यसबेला झेङ्गझौउमा रहेको प्लान्टलाई कम्पनीले केही हप्ताका लागि अस्थायी रूपमा बन्द गर्न बाध्य भएकाले आईफोन १४ को रोलआउटमा ढिलाइ भएको थियो।

यस वर्ष भने फक्सकनले गत वर्षको समस्या दोहोरिन नदिने आशा राखेको उल्लेख छ।

यस्तै एप्पलले ह्वावे जस्ता अन्य स्मार्टफोन निर्माताहरूबाट पनि बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको हुनाले प्रोडक्सन (उत्पादन) लाई चीनबाट बाहिर सार्न खोजिरहेको छ।

साथै चीनमा कामदारहरूको भर्ती बढाएर फक्सकनले आईफोन १५ सिरिजको लागि चलिरहेको माग पूरा गर्न आवश्यक कार्यबल छ भनी सुनिश्चित गर्ने आशा राखेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...