ह्वावे र शाओमीबीच ग्लोबल क्रस-लाइसेन्सिङ सम्झौताको साथ प्याटेन्ट विवाद समाधान

  • Technology Khabar | २९ भाद्र २०८०, शुक्रबार
ह्वावे र शाओमीबीच ग्लोबल क्रस-लाइसेन्सिङ सम्झौताको साथ प्याटेन्ट विवाद समाधान

काठमाडौं ।

ह्वावे र शाओमीले ग्लोबल क्रस-लाइसेन्सिङ सम्झौताको साथ प्याटेन्ट विवाद समाधान गरेका छन्।

केही समयअघि ह्वावेले वायरलेस कम्युनिकेशन टेक्नोलोजी, स्मार्टफोन फोटोग्राफी र स्क्रिन लक टेक्नोलोजीसँग सम्बन्धित चार ओटा प्याटेन्टहरू उल्लङ्घन गरेको आरोपमा शाओमीमाथि मुद्दा दायर गरेको थियो।

दुई कम्पनीहरू धेरै वर्षदेखि पेटेन्ट विवादमा सामेल थिए र यो मुद्दा अन्ततः २०२२ मा टुङ्गिएकाे थियाे। सम्झौताको एक भागको रूपमा, हाल ह्वावे र शाओमी विश्वव्यापी पेटेन्ट क्रस-लाइसेन्सिङ सम्झौतामा सहमत भएका छन्।

ह्वावे र शाओमीले बुधबार, उनीहरू विश्वव्यापी प्याटेन्ट क्रस-लाइसेन्सिङ सम्झौतामा पुगेको घोषणा गरेका हुन्। सम्झौताले ५जी लगायत धेरै सञ्चार प्रविधिहरू समेट्छ। सम्झौता दुबै कम्पनीहरूको लागि महत्त्वपूर्ण विकास रहेको उल्लेख छ। ह्वावे विश्वको अग्रणी टेलिकम उपकरण निर्माता हाे भने  स्मार्टफोन बजारमा प्रमुख खेलाडी हो। त्यस्तै, शाओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता हो।

यद्दपी, सम्झौताको सर्तहरू खुलासा गरिएको छैन। दुबै कम्पनीहरूले सम्झौताबाट लाभ उठाउने सम्भवना रहेको बताइएको छ। ह्वावेले शाओमीको पेटेन्टमा पहुँच प्राप्त गर्नेछ, जसले यसलाई नयाँ उत्पादन र सेवाहरू विकास गर्न मद्दत गर्नेछ भने शाओमीले पनि ह्वावेलाई प्याटेन्ट लाइसेन्स शुल्क तिर्न नपर्ने भएकाले सम्झौताबाट फाइदा लिने बताइएको छ।

यो सम्झौताले दुबै कम्पनीहरूलाई फाइभजी उत्पादन र सेवाहरूमा विकास गर्न मद्दत गर्नेछ। सम्झौता २०२४ को सुरुमा लागू हुने अपेक्षा गरिएको छ। यसको अर्थ त्यसबेलासम्म सम्झौतालाई अन्तिम रूप दिइने छैन। यद्दपी, दुवै कम्पनीले सम्झौताप्रति प्रतिबद्धता व्यक्त गरेकाले योजनाअनुसार नै सम्झौता हुने सम्भावना रहेको गिज्मोचाइनाले रिपोर्ट गरेको छ।

सम्झौता १० वर्षसम्म लागू हुने बताइएकाे छ। त्यसपछि, दुई कम्पनीहरूले सम्झौता नवीकरण गर्न वा नयाँ सम्झौता गर्न छनोट गर्न सक्ने उल्लेख छ।

प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार