Technology Khabar २९ भाद्र २०८०, शुक्रबार
काठमाडौं ।
एप्पलले यूएसबी टाइप-सी पोर्टको साथ एयर पड्स प्राे सेकेन्ड जेनेरेसन लन्च गरेकाे छ।
इयू नियमहरूको पालनाका साथ, एप्पलले परम्परागत लाइटनिङ कनेक्टरलाई प्रतिस्थापन गर्दै नयाँ यूएसबी टाइप-सी पोर्टको साथ नयाँ आइफोन १५ मोडलहरू पनि जारी गरेको छ।
सुधारिएको आईपी ५४ रेटिङ र लसलेस अडियोसँगै म्याग सेफ चार्जिङ पनि रहेको छ।
एयर पड्स प्रो सेकेन्ड जेनेरेसनमा रहेको यूएसबी-सी पोर्टले प्रयोगकर्ताहरूका लागि विशेष गरी नयाँ आईफोन १५ मोडलहरू प्राप्त गर्ने योजना बनाउनेहरूलाई थप सुविधाजनक बनाउँछ। प्रयोगकर्ताले आफ्नो म्याक, आईप्याड, एयर पड्स, र आइफोन १५ लाईनअप चार्ज गर्न सिङ्गल केबल प्रयोग गर्न सक्षम हुने उल्लेख छ।
प्रयोगकर्ताहरूले आफ्नो एयर पड्सलाई आईफोन १५, आईफोन १५ प्लस , आईफोन १५ प्रो, र आईफोन १५ प्रो म्याक्ससँग सिधै चार्ज गर्न सक्नेछन्।
नयाँ पोर्टको अतिरिक्त, एयर पड्स प्रो सेकेन्ड जेनेरेसनले एप्पल भीजन प्रो सँगसँगै अल्ट्रा-लो लेटेन्सीको साथ लसलेस अडियो पनि ल्याउने छ। एप्पलले इयरबड र केसका लागि सुधारिएको आईपी ५४ रेटिङ समावेश गरेको छ, जसले धुलोबाट थप प्रतिरोध प्रदान गर्ने उल्लेख छ।
बाँकी सुविधाहरू एयर पड्स प्रो सेकेन्ड जेनेरेसनकै जस्तो समान रहेका छन्, जसमा २ एक्स एक्टिभ नोइज क्यान्सिलेसन, एडभान्स ट्रान्स्पेरेन्सी मोड, थप इमर्सिभ स्पाटियल अडियो अनुभव, र इयर टिप साइजहरूको बिस्तारित दायरा समावेश छ। आइओएस १७ को साथ, एयर पड्स प्रो जेन २ मा नयाँ सुविधाहरू जस्तै एडप्टिभ अडियो, कन्भरसेसन अवार्नेस, र पर्सनलाइज्ड भोल्युमको साथ अझ राम्रो हुने बताइएकाे छ।
म्याग सेफ चार्जिङ केस (यूएसबी-सी) भएको एयर पड्स प्रो सेकेन्ड जेनरेशन सेप्टेम्बर २२, २०२३ देखि खरिदका लागि उपलब्ध हुनेछ। यो अमेरिकी डलर २४९ को मूल्य ट्यागको साथ आउने छ।
प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार