Technology Khabar २८ भाद्र २०८०, बिहीबार
काठमाडौं ।
नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले काठमाडौँमा इन्डो एसियन मिट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ। यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोदुलर स्विच) –साईनोरा नेपाली बजारमा ल्याएको छ।
गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति २ दशकभन्दा बढी भइसकेको छ । यसका उत्पादनहरू मुख्यतया एमसीबी र डिस्ट्रिब्यूसन बोर्ड तथा अन्य इलेकट्रिकल कम्पोनेन्टहरू छन, जसले नेपाली बजारमा उनीहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको छ।
प्रभाकर शमशेर थापा (उपाध्यक्ष–गोल्छा ग्रुप) र विपिन गुप्ता (जोनल हेड, इन्टरनेशनल मार्केटिङ –इन्डोएसियन) ले संयुक्त रूपमा इन्डो एसियन स्टाइलिस मोदुलर स्विचको नयाँ सिरिज,साईनोराको अनावरण गरेको कम्पनीले जनाएको छ।
प्रकाशित: २८ भाद्र २०८०, बिहीबार