५४.५ बिलियन डलरको मूल्यांकनमा शेयर बजारमा फर्किँदै आर्म

  • Technology Khabar | २८ भाद्र २०८०, बिहीबार
५४.५ बिलियन डलरको मूल्यांकनमा शेयर बजारमा फर्किँदै आर्म

काठमाडौं ।

बेलायत आधारित चिप डिजाइनर आर्म होल्डिङ्सले सेयर बजारमा ५४.५ बिलियन अमेरिकी डलर मूल्यांकन सुरक्षित गरेको छ।

आर्मको प्रत्येक शेयरले ५१ अमेरिकी डलर मूल्यांकन पाएको छ। यो मूल्यांकन अधिकतम सीमा भएको लगानीकर्तालाई जानकारी दिइएको बीबीसीले उल्लेख गरेको छ।

यसले यो बिक्रीलाई वर्षको सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बनाउँछ।

आर्मका शेयर बिहीबार न्युयोर्क नास्डाक स्टक बजारमा कारोबार सुरु हुने तालिका छ।

कम्पनीका अनुसार ९५.५ मिलियन शेयर बिक्री भएको छ। यसबाट कम्पनीले जापानी मालिक सफ्टबैंक ग्रुपका लागि ४.८७ बिलियन अमेरिकी डलर उठाएको छ।

एप्पल, गुगल, एनभिडिया, अल्फाबेट, एडभान्स्ड माइक्रो डिभाइस, इन्टेल र सामसङलगायतका आर्म ग्राहकहरूले आइपीओमा लगानी गर्ने बताएका छन्।

मार्चमा, आर्मले लन्डन स्टक बजारलाई धक्का दिँदै बेलायतमा आफ्नो शेयर सूचीबद्ध नगर्ने घोषणा गरेको थियो।

जनवरीको रिपोर्ट अनुसार बेलायती प्रधानमन्त्री ऋषि सुनकले सफ्टबैंकसँग सम्भावित युके सूचीकरणको सम्बन्धमा वार्ता गरेका थिए।

आर्मले यो निर्णय गरेको छ कि कम्पनीलाई केवल अमेरिकामा सूचीबद्ध गर्नु “अगाडिको उत्तम मार्ग“ हो।

प्रकाशित: २८ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...