फ्रान्सले बिक्रीमा प्रतिबन्ध लगाएसँगै बेल्जियमले पनि उठायो एप्पल आईफोन १२ विकिरणमा प्रश्न

  • Technology Khabar | २८ भाद्र २०८०, बिहीबार

काठमाडौं ।

बेल्जियमका डिजिटल अर्थतन्त्रका लागि जुनियर मन्त्रीले टेलिकम नियामकलाई एप्पल आईफोन १२ सँग सम्बन्धित सम्भावित स्वास्थ्य जोखिमहरू विश्लेषण गर्न आग्रह गर्ने बताएका छन्।

फ्रान्सले एप्पल आईफोन १२ ले धेरै इलेक्ट्रोम्याग्नेटिक विकिरण उत्सर्जन गरेकाले यसको बिक्री रोक्न आदेश दिएपछि उनको यस्तो भनाई आएको हो।

‘सबै नागरिकहरू सुरक्षित छन् भनेर सुनिश्चित गर्नु मेरो कर्तव्य हो’, डिजिटलाइजेसनका राज्य सचिव म्याथ्यु मिशेलले बिहीबार रोयटर्सलाई इमेल गरेको विज्ञप्तिमा भने।

एप्पलले बुधबार २०२० मा लन्च गरिएको आईफोन १२ लाई विश्वव्यापी विकिरण मापदण्ड अनुरूप धेरै अन्तर्राष्ट्रिय निकायहरूले प्रमाणित गरेको बताएको छ। कम्पनीले एप्पल र तेस्रो पक्ष प्रयोगशाला परिणामहरू प्रदान गरेको थियो जुन फ्रान्सेली एजेन्सीलाई फोनको अनुपालन प्रमाण गर्छ। एप्पलले फ्रान्सको निष्कर्षको विरोध गरेको छ।

तर आइफोन १२ को बिक्री रोक्न फ्रान्सको कदमले एप्पलले यस हप्ता दुईवटा परीक्षणमा पत्ता लगाएको विकिरण समस्याहरू समाधान नगरेसम्म युरोपमा थप प्रतिबन्धको सम्भावना बढाएको छ।

जर्मनी नेटवर्क नियामक बीएनइटीजेडएले यस्तै कारबाही सुरु गर्न सक्छ र फ्रान्सेली अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको बताएको छ। डच डिजिटल वाचडगले पनि यो मामिला हेरिरहेको छ र अमेरिकी फर्मलाई स्पष्टीकरण सोध्नेछ।

‘मैले उत्पादनको सम्भावित खतराको बारेमा विश्लेषणको लागि सोध्नको लागि आईबीपीटी–बीआईपीटी (नियामक) लाई तुरुन्तै सम्पर्क गरेको छु’, मिशेलले भने, उनले नियामकलाई सबै एप्पल स्मार्टफोनहरूका साथै पछिल्लो चरणमा अन्य उत्पादकहरुले उत्पादन गरेको डिभाइसहरुको पनि समीक्षा गर्न पनि भनेका थिए।

अनुसन्धानकर्ताहरुले मोबाइल फोनले निम्त्याउने स्वास्थ्य जोखिमहरू मूल्यांकन गर्न विगत दुई दशकहरूमा ठूलो संख्यामा अध्ययनहरू सञ्चालन गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार मोबाइल फोनको प्रयोगले स्वास्थ्यमा कुनै प्रतिकूल असर पार्ने कुरा स्थापित भएको छैन।

प्रकाशित: २८ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया