एप्पलले भारतमा निर्मित आईफोन १५ पहिलो दिनदेखि नै बजारमा पठाउने

  • Technology Khabar | २८ भाद्र २०८०, बिहीबार
एप्पलले भारतमा निर्मित आईफोन १५ पहिलो दिनदेखि नै बजारमा पठाउने

काठमाडौं ।

एप्पलले सेप्टेम्बर २२ मा आईफोन १५ को ढुवानी सुरु गर्नेछ भने पहिलो पटक, भारतमा बनेका डिभाइसहरू पहिलो दिनदेखि नै एशियाली देशका ग्राहकहरूका लागि उपलब्ध हुनेछ।

तमिलनाडु प्लान्टमा निर्मित युनिटहरू “अन्य क्षेत्रहरूमा” पनि पुग्नुका साथै चीनमा निर्मित डिभाइसहरुसँगसँगै उपलब्ध हुने उल्लेख गरिएको छ।

एप्पलले यस अघि इनिसियल लन्च डेट (प्रारम्भिक लन्च मिति) भन्दा ढिलो मेड–इन–इन्डिया आईफोनहरू ढुवानी गरेको थियो। यो कदम भारतमा सम्पूर्ण सञ्चालनको सुरक्षा र गोपनीयता पक्षको बारेमा आफ्ना साझेदारहरूमा एप्पलको ट्रस्ट एण्ड कन्फिडेन्स (विश्वास) को प्रमाण भएको विश्लेषकहरूले विश्वास गरेको जनाइएको छ।

त्यस्का साथै यो संयुक्त राज्य अमेरिका र चीन बीचको भूराजनीतिक तनावको प्रकाशमा उत्पादन क्षमता विविधीकरण गर्ने दिशामा पनि एक कदम भएको उल्लेख छ।

भारतको फक्सकन कारखानाले आईफोन १५ र आईफोन १५ प्लस डिभाइसहरू उत्पादन गरेको छ। अन्य दुई आपूर्तिकर्ता पहिले एसरको अंग रहेको तर चाँडै भारतीय टाटा समूहको विङ्ग अन्तर्गत जाने तयारीमा रहेको एसस–स्वामित्व भएको पेगाट्रोन र विस्ट्रोन पश्चात भारत तीन आपूर्तिकर्ता मध्ये एक भएको उल्लेख छ।

भारतीय बजारमा आईफोन उपलब्ध हुने समयसँगै १२८ जीबी स्टोरेजको साथ आईफोन १५ को लागि मूल्य ७९,९०० भारतीय रुपैयाँ र १५ प्लसको लागि ८९,९०० मूल्य भारतीय रुपैयाँबाट सुरु हुने बताईएको छ।

प्रकाशित: २८ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार