Technology Khabar २८ भाद्र २०८०, बिहीबार
काठमाडौं ।
रिलायन्ट टेक्नो नेटवर्किङ प्रालिको लाइसेन्स खारेजी भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इमेल सहित) सेवाको लाइसेन्स प्राप्त संस्था रिलायन्ट टेक्नो नेटवर्किङ प्रालि लाइसेन्स खारेजी गरेको हो।
कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ४ अवस्थित कम्पनीले लाइसेन्स नविकरणको लागि निवेदन पेश गरे पनि प्राधिकरण तथा सरकारलाई तिर्न बुझाउनुपर्ने दस्तुर तथा नविकरणको लागि चाहिने विवरण उपलब्ध नगरेकाले लाइसेन्स खारेजी गरिएको प्राधिकरणले जनाएको छ।
दस्तुर तथा नविकरणको लागि चाहिने विवरण सहित सम्पर्कमा आउन प्राधिकरणले पटक पटक पत्राचार तथा सूचना जारी गर्दा पनि सम्पर्कमा नआएकोले साउन १५ गतेदेखि लागु हुने गरी दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम लाइसेन्स खारेजी गरिएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले भदौ २४ गते जारी गरेको सूचना अनुसार कम्पनीले नियमानुसार तिर्न तथा बुझाउनु पर्ने रकम ३० दिन भित्रमा दाखिला गर्न निर्देशन दिइएको छ। सो मिति भित्रमा बक्यौता भुक्तानी नगरिए असुलिका लागि प्रचलित कानून बमोजिम कारबाही अघि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।
प्रकाशित: २८ भाद्र २०८०, बिहीबार