
काठमाडौं ।
एप्पलले मंगलबार मध्यरातको इभेन्टमार्फत आईफोन १५ लाइनअप सार्वजनिक गरेको छ र यो नयाँ लाइनअप पहिलेको भन्दा राम्रो भएको दाबी पनि गरेको छ।
प्रो र नन्–प्रो गरी दुबैमा बोस्ट गर्न योग्य धेरै नयाँ फिचर्स समावेश गरिएको र मूल्य निर्धारणको बारेमा जानकारी बाहिर आएका छन्।
जीएसएमएरिनाको रिपोर्टअनुसार अमेरिका, बेलायत, जर्मनी, भारत, चीन र जापानका बजारहरूको मूल्यहरू फरक फरक रहेका छन्।
आईफोन १५ र १५ प्लस १२८ जीबी, २५६ जीबी, ५१२ जीबी ट्रिम्समा आएको छ। आईफोन १५ प्रो १२८ जीबीबाट सुरु भएर १ टीबी स्टोरेजसम्म उपलब्ध हुनेछ। त्यसैगरी प्रो म्याक्स अहिले २५६ जीबीबाट सुरु भएर १ टीबीसम्म जाने उल्लेख छ।
एप्पलले अमेरिकामा १५, १५ प्लस र १५ प्रोको लागि बेस प्राइस (आधार मूल्यहरू) राखेको छ भने प्रो म्याक्समा १०० अमेरिकी डलर बढेको तर समान स्टोरेज अप्सन्स (भण्डारण विकल्पहरू) तुलना गर्दा मूल्य निर्धारण वास्तवमा परिवर्तन नभएको जिकिर गरेको छ।
बेलायत र जर्मनीमा, बेस आईफोन १५ र १५ प्लस अहिले १४ र १४ प्लस भन्दा ५० पाउन्ड स्टर्लिंग/५० यूरो सस्तो भएको उल्लेख छ। साथै १५ प्रो पनि आफ्नो पूर्ववर्ती भन्दा १०० पाउन्ड स्टर्लिंग/१०० यूरो कम भएको जनाइएको छ।
छिमेकी देश भारतमा पनि आईफोन १५ र १५ प्लसका मूल्यहरू तिनीहरूका पूर्ववर्तीहरूको जस्तै भएको तर १५ प्रोको मूल्य १४ प्रो भन्दा ५,९०० भारतीय रुपैयाँले बढी हुनुका साथै १५ प्रो म्याक्समा २०,००० भारतीय रुपैयाँको ठूलो मूल्यवृद्धि भएको उल्लेख छ।
एप्पलले आफ्नो नयाँ आईफोन १५ को लागि सेप्टेम्बर १५ देखि देशहरूको पहिलो लहरमा प्रि–अर्डर लिने र ओपन सेल्स (खुला बिक्री) भने एक हप्ता पछि सेप्टेम्बर २२ मा सुरु हुने उल्लेख गरिएको छ।
प्रकाशित: २८ भाद्र २०८०, बिहीबार