ट्विटरको प्रतिद्वन्द्वी ब्लूस्काईको प्रयोगकर्ता १० लाख नाघे

  • Technology Khabar | २८ भाद्र २०८०, बिहीबार

काठमाडौं ।

विगतको ट्विटर हालको एक्सको प्रमुख विकल्पको रुपमा हेरिएको ब्लूस्काईको प्रयोगकर्ता १० लाख कटेका छन्। प्रमुख सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको संख्याको तुलनामा यो सानो उपलब्धी हो। धेरै मानिसहरुको पहुँचसम्म नपुगेको र सुरुवाती चरणमा रहेको कम्पनीले यसलाई ठूलो उपलब्धिको रुपमा लिएको छ।

एक्समा ब्लूस्काईको माइलस्टोन घोषणा गर्ने कम्पनीको टोली सदस्य रोज वाङले जुलाईमा एपको १० लाख डाउनलोडमा पुगेको टेकक्रन्चलाई बताइन्।

ट्विटरका सह–संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सी विकेन्द्रीकृत सामाजिक सञ्जाल ब्लूस्काईका पनि सह–संस्थापक हुन्।

क्लोज बीमा लन्च भएको केही समय पछि ब्लूस्काईले प्रयोगकर्ताहरूलाई उनीहरूको आफ्नै एल्गोरिदमहरू छनौट गर्ने क्षमतालाई रोल आउट गरेको छ। यसबाट प्रयोगकर्ताले आफ्नो टाइमलाइन कस्टमाइज गर्न सक्छन्। र एड फ्रि रहने प्रयास स्वरुप ब्लूस्काईले प्रयोगकर्ताहरुलाई उनीहरुको आईडेन्टिफिकेशन भेरिफिकेशन (पहिचान प्रमाणित) गर्ने तरिकाको रुपमा सःशुल्क डोमेन सेवा प्रस्ताव गरेको छ।

सर्वसाधारण प्रयोगकर्ताका लागि एप कहिलेदेखि उपलब्ध हुन्छ भनने स्पष्ट छैन। केही कोडहरु अभफै पनि सयौं डलरमा ईबेमा बिक्री भइरहेका छन्।

प्रकाशित: २८ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार