Technology Khabar २८ भाद्र २०८०, बिहीबार
काठमाडौं ।
एन्ट ग्रुपले ठूला एआई मोडलहरूसँग सम्बन्धित सुरक्षा चिन्ताहरूलाई सम्बोधन गर्न एउटा महत्त्वपूर्ण विकास “एण्टगार्ड” सुरु गरेको छ।
विभिन्न उद्योगहरूमा कार्यरत ठूला एआई मोडलहरूको विश्वसनीयता र निर्भरता बढाउने उद्देश्य यस समाधानको रहेको उल्लेख छ। उक्त समाधानमा दुई मुख्य भागहरू “एण्टस्क्यान २.०” र “टायनगार्ड,” रहेका उल्लेख छ।
एण्टगार्डको प्राथमिक लक्ष्य प्रब्लमेटीक ट्रेनिङ डाटा, अनियन्त्रित इन्फेरेन्स प्रोसेसेस, र एक्सटरनल मालिसियस इन्फ्लुइन्सेससँग सम्बन्धित सुरक्षा समस्याहरू समाधान गर्नु रहेको बताइएको छ। यो ठूलो मोडल सुरक्षा मापन, बुद्धिमान जोखिम व्यवस्थापन, र डाटा-सम्बन्धित मुद्दाहरू क्लीन गर्ने तीन आवश्यक क्षेत्रहरूमा केन्द्रित रहेको उल्लेख छ।
एण्टस्क्यान २.० ले ठूला मोडलहरूको लागि सुरक्षा विशेषज्ञको रूपमा कार्य गर्छ। यी मोडलहरू कार्यमा राख्नु अघि, यसले डाटा सुरक्षा, सामग्री सुरक्षा, र नैतिक विचारहरू जस्ता विभिन्न पक्षहरूमा कमजोरीहरू पहिचान गर्दै तिनीहरूलाई राम्ररी जाँच गर्ने उल्लेख छ।
टायनगार्ड, अर्कोतर्फ, ठूला मोडलहरूको लागि सुरक्षा कवचको रूपमा कार्य गर्दछ। यसले मोडलहरूलाई हानिकारक बाह्य प्रश्नहरूबाट जोगाउन तथा यी मोडलहरूद्वारा उत्पन्न सम्भावित जोखिमपूर्ण प्रतिक्रियाहरूलाई फिल्टर गर्न स्मार्ट जोखिम नियन्त्रण प्रविधि प्रयोग गर्ने बताइएको छ। यो दृष्टिकोणले यूजर इनपुटहरू देखि मोडलको आउटपुटहरूको डिप्लोयमेन्ट पछि सम्म सम्पूर्ण प्रक्रियामा सुरक्षा सुनिश्चित गर्ने बताइएको छ।
यसबाहेक, एण्ट ग्रुप र टायनगार्ड दुवै प्रशिक्षण र आवेदन चरणहरूमा मोडल सुरक्षा कायम गर्न समर्पित छन्। उनीहरूले समस्याग्रस्त डेटा स्रोतहरू क्लिन गर्ने, ट्रेनिङ प्रोसेस अलाइन गर्ने, र मोडल पारदर्शिता सुधार गर्न अनुसन्धान सञ्चालन गर्ने जस्ता रणनीतिहरू लागू गरेर यो प्राप्त गर्ने उल्लेख छ।
एण्टस्क्यान २.० र टायनगार्ड दुवै ठूला एआई एप्पलहरूका लागि बलियो सुरक्षा ढाँचा प्रदान गर्दै हाल पब्लीककाे लागि पहुँचयोग्य रहेका बताइएको छ।
प्रकाशित: २८ भाद्र २०८०, बिहीबार