मिडिया टेकले ल्यायो ४ एनएम प्रक्रियामा आधारित डायमेन्सिटी ७२०० अल्ट्रा-काेर प्रोसेसर

  • Technology Khabar | २८ भाद्र २०८०, बिहीबार

काठमाडौं ।

मिडिया टेकले चीनमा नयाँ डाइमेन्सिटी प्रोसेसरको घोषणा गरेको छ। घोषणा गरिएकाे चिपसेट मिडिया टेक डायमेन्सीटी ७२०० अल्ट्रा रहेको छ।

यो डायमेन्सिटी ७२०० को नयाँ एडीसन रहेको बताइएको छ, जुन यस वर्षको सुरुमा पेश गरिएको थियो। नयाँ डाइमेन्सिटी प्रोसेसर एसओसी डायमेन्सीटी ७२०० को थोरै राम्रो संस्करण जस्तो देखिने बताइएकाे छ। नवीनतम डायमेन्सीटी ७२०० अल्ट्रा  टीएसएमसीको ४ एनएम आर्किटेक्चरमा आधारित अक्टा-कोर प्रोसेसर रहेको उल्लेख छ।

सेटअपमा दुई एआरएम कर्टेक्स ए ७१५ कोरहरू २.८ गिगाहर्जमा र ६ वटा कर्टेक्स ए ५१०  कोरहरू २ गिगाहर्जमा टिक्ने बताइएको छ। चिपसेटमा ग्राफिक्सका लागि माली-जी ६१० जीपीयू रहेको जसले एलपीडीडीआर ४ एक्स  र एलपीडीडीआर ५ र्याम दुवै समर्थन गर्ने उल्लेख छ।

डायमेन्सिटी ७२०० अल्ट्रा ३० एफपीएसमा ४ के भिडियो रेकर्डिङको साथ २०० एमपी क्यामराहरूसँग उपयुक्त छ। यसले १४४ हर्ज रिफ्रेस दरमा फुलएचडी प्लस डिस्प्ले समर्थन गर्न सक्नेछ। चिपसेटमा एआई प्रोसेसिङका लागि पाँचौं पुस्ताको मीडीया टेक एपीयू ६५० पनि रहेको छ। यसले १४ -बिट एचडीआर इमेज प्रोसेसीङ समर्थन गर्नेछ।

मिडिया टेक डायमेन्सीटी ७२०० अल्ट्रा डुअल ५ जी स्ट्यान्डबाइ, भीओएनआर, र क्यारियर एग्रीगेसनको लागि समर्थनको साथ ५जी-कम्प्याटिबल रहेको पनि बताइएको छ। यसमा भेरिएबल रेन्डरिङ, इन्टेलिजेन्ट कन्ट्रोल र थप कुराहरूका लागि हाइपरइन्जिन ५.० गेमिङ इन्जिन पनि रहेको छ।

मिडिया टेकले कुन-कुन डिभाइसहरू डाइमेन्सिटी ७२०० अल्ट्राद्वारा संचालित खुल्नेछन् भन्ने बारे भने खुलाएको छैन। यद्यपि, शाओमी उप-ब्रान्डले वेइबोमा रेड्मी नोट १३ प्रो प्लस उक्त चिपसेटसहित सुसज्जित हुने घोषणा गरेको बताइएको छ।

शाओमीको सो डिभाइस यस महिना २०० एमपी क्यामरा सेन्सरको साथ लन्च हुने पुष्टि भएकोछ।

प्रकाशित: २८ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार