सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्ट बिच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

Technology Khabar २७ भाद्र २०८०, बुधबार

काठमाडौं ।

सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन्।

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ। टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको छ।

सिप्रदी अटोपार्टस् प्रा.लि.का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप के.सीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, बिजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ।

यो सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्नेछन ।यो सफ्टवेयर खुद्रा विक्रेताहरु को लागी व्यापार वृद्धि र व्यवस्थापन को लागी माइलस्टोन हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया