सोनी र ओप्पो नयाँ डुअल–लेयर स्ट्याक्ड लिटिया इमेज सेन्सरमा साझेदारी

  • Technology Khabar | २७ भाद्र २०८०, बुधबार
सोनी र ओप्पो नयाँ डुअल–लेयर स्ट्याक्ड लिटिया इमेज सेन्सरमा साझेदारी

काठमाडौं ।

ओप्पो र सोनीको लिटिया इमेजिङ सेन्सर ब्रान्डले नयाँ रणनीतिक साझेदारीको घोषणा गरेका छन्। साझोदारी अन्तर्गत भविष्यका ओप्पो फ्ल्यागशिपमा डुअल–लेयर स्ट्याक्ड सोनी सेन्सरहरू ल्याउनेछ।

ओप्पोले नयाँ सेन्सरहरूले “कम्प्युटेशनल फोटोग्राफीको अर्को युगलाई अनलक गर्ने“ वाचा गरेको छ। तर यो नयाँ सेन्सरको साथ पहिलो डिभाइस कहिलेदेखि उपलब्ध हुने भनेर कम्पनीले खुलासा नगरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

सोनीको एक्समोरटी आईएमएक्स ८८८ स्ट्याक्ड सीएमओसी सेन्सर २ लेयर ट्रान्जिस्टर पिक्सेल टेक्नोलोजीको साथ यस वर्षको सुरुमा एक्सपेरिया १ भी मा प्रिमियर गरिएको थियो र सोनीले स्ट्याक्ड सीएमओएस सेन्सर डिजाइन प्रयोग गरी थप दुई सेन्सरहरु आईएमएक्स९०३ र आईएमएक्स९०७ ल्याइरहेको छ।

मुख्य प्याइन्ट यो हो कि ट्रान्जिस्टर र फोटोडियोड लेयर्स अलग छन्, भौतिक रूपमा ठूला डायोड, अधिकप्रकाश क्याप्चर र राम्रो कम–प्रकाश प्रदर्शनको लागि अनुमति मिल्छ।

भिभोले यस अघि सोनीको लिटिया डिभिजनसँग आगामी भिभो एक्स१०० फ्ल्यागशिप सिरिजका लागि साझेदारीको घोषणा गरेको थियो। जसमा कस्टम सोनी स्ट्याक्ड सीएमओएस सेन्सरहरू हुनेछ।

प्रकाशित: २७ भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...