एप्पलको आईफोन १५ सिरिज सार्वजनिक, यस्तो छ फिचरहरु

Technology Khabar २६ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

एप्पलले आफ्ना नयाँ डिभाइस र ग्याजेटहरु एक इभेन्टमार्फत सार्वजनिक गरेको छ। कम्पनीले वन्डरल्याण्ड इभेन्टबाट आईफोन १५ सिरिज सार्वजनिक गरेको छ।

आईफोन १५ र आईफोन १५ प्लसमा डाइनामिक आइल्याण्ड रहेको छ जुन थप फिचरका साथ आएको छ। जसमा डल्बी भिजन, थप ब्राइटनेस सहितका फिचर छन्। आईफोन १५ मा ६.१ इन्च र आईफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले राखिएको छ।

आईफोन १५ सिरिजमा सुधारिएको कार्यसम्पादन, आईफोन १४ प्रोमा पहिले देखाइएको डायनामिक आइल्याण्ड, नयाँ रङहरूको दायरा, र लाइटनिङ कनेक्टरलाई प्रतिस्थापन गर्ने यूएसबी टाइप सी पोर्ट रहेको छ।

यसमा पनि ७५ प्रतिशत रिसाइकल एलुमिनियम र शतप्रतिशत कोबाल्ट प्रयोग गरिएको छ।

प्रभावशाली नयाँ रंगीन फिनिश बनाउनका लागि एप्पलको रंगीन फिनिशहरू अब ग्लासमा इम्बेड गरिएका छन्। आईफोन १५ सिरिज गुलाबी, पहेंलो हरियो, निलो र कालोमा उपलब्ध छ।

यसमा भएको क्यामरामा सुधार गरिएको छ। जसमा ४८ मेगापिक्सेल मुख्य क्यामराका साथमा क्वाड पिक्चर सेन्सर रहेको छ। यसका साथमा अल्ट्रा वाइड क्यामरा समेत रहेको छ भने फ्रन्टमा पनि आईफोन १४ को जस्तै क्यामरा छ।

फोनमा बायोनिक ए१६ चिपसेट राखिएको छ जुन आईफोन १४ सिरिजको भन्दा केहि सुधारिएको बताईएको छ।

आईफोन १५ मा पनि इमर्जेन्सी एसओएस फिचर रहेको छ जसले स्याटेलाइटमार्फत एसएमएस पठाउन सकिनेछ। यसका साथमा रोड साइड असिस्टेन्ट सर्भिस अर्थात सडकमा यात्रारत हुँदा आउने समस्याका बिचमा सम्पर्क गर्न सहज हुनेछ।

एप्पलकाअनुसार यूएसबीसी एयरपडमा पनि उपलब्ध हुनेछ। एउटै केबलले चार्जका साथसाथै डाटा ट्रान्सफर समेत गर्न सकिनेछ।

एउटै केबलले म्याक, आईप्याड, आईफोन, र एयरपड्स प्रो दोस्रो जेनेरेसनलाई चार्ज गर्न सक्छ। अब आईफोनहरुलाई नयाँ यूएसबी सी कनेक्टरसँग अपडेट गरिएको छ।

कम्पनीकाअनुसार आईफोन १५ को मूल्य ७९९ अमेरिकी डलरबाट र आईफोन १५ प्लस ८९९ डलरबाट शुरु हुनेछ।

प्रकाशित: २६ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया