एप्पलले घोषणा गर्यो तिब्र गतिको प्रोसेसर र नयाँ फिचर सहितको वाच ९ सिरिज

Technology Khabar २६ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

एप्पलले आफ्ना नयाँ डिभाइस र ग्याजेटहरु एक इभेन्टमार्फत सार्वजनिक गरेको छ। कम्पनीले वन्डरल्याण्ड इभेन्टबाट आईफोन १५ सिरिज वाच सिरिज ९ लगायत सार्वजनिक गरेको छ।

कम्पनीले लन्च गरेको वाच सिरिज ९ कम्पनीको एस ९ चिपसेटसहित आउँछ। यसले १८ घण्टाको ब्याट्री सेवा प्रदान गर्दछ।

यसले सिरि सपोर्ट गर्दछ भने यसमा न्यूरल इन्जिन राखिएको छ। यसको मतलब प्रयोगकर्ताहरूले एप खोल्दा वा प्रणाली रिबुट गर्दा लोड हुने समय घटेको देख्नेछन्।

यसमा वाच ओएस राखिएको छ भने यसलाई जेस्चरमार्फत नियन्त्रण गर्न सकिन्छ।

एप्पलको सिरिज ९ स्मार्टवाचमा डबल ट्याप फिचर ल्याएको छ। जसले दुई पटक ट्याप गरेर कुराकानी गर्न गीत संगीत सुन्न सकिन्छ।

यो आगामी महिनादेखि उपलब्ध हुनेछ। वाच सिरिज ९ स्टारलाइट, सिल्भर, मिडनाइट र प्रोडक्ट रेड सँगसँगै नयाँ गुलाबी रंग विकल्पमा उपलब्ध छ। स्टेनलेस स्टील संस्करण चाँदी, सुन, र ग्रेफाइटमा उपलब्ध छ।

अल्ट्रा वाइडब्यान्ड समर्थनको साथ, ‍एप्पल वाच सिरिज ९ ले पहिलो पटक आईफोनको लागि प्रेसिजन फाइन्डिङ प्रयोग गर्न सक्छ, यो ‍आईफोनले एयरट्याग मार्फत गर्ने जस्तै गर्न सक्छ।

कम्पनीले वाच ९ सिरिजलाई वातावरण मैत्री बनाउन अधिकांश सामग्रीहरु रियुजेबल र पुन प्रशोधन गरिएको सामानहरु राखिएको जनाएको छ।

यसका साथमा कम्पनीले २०३० सम्ममा नेट जीरो अर्थात शुन्य कार्बन उत्सर्जन गर्ने लक्ष्य समेत सार्वजनिक गरेको छ।

कम्पनीले नाइकीसँगको सहकार्यमा पुनः प्रयोग गरिएका सामग्रीहरुबाट बनाईएको ब्याण्ड प्रयोग गर्नेछ।

यसका साथमा एप्पलले अल्ट्रा वाच २ समेत ल्याएको छ। जुन विशेषगरी ट्रेकर, स्पोर्ट्स र रग्ड वाच चाहनेहरुका लागि उपयोगी हुनेछ।

कम्पनीकाअनुसार यसको मूल्य ३९९ अमेरिकी डलरदेखि शुरु हुनेछ।

प्रकाशित: २६ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया