नाडा अटो शोमा टाटाको सस्तो ईभी टियागो सार्वजनिक, मूल्य २२ लाख

  • Technology Khabar | २६ भाद्र २०८०, मंगलवार
नाडा अटो शोमा टाटाको सस्तो ईभी टियागो सार्वजनिक, मूल्य २२ लाख

काठमाडौं ।

नाडा अटो शो २०२३ को पहिलो दिन मंगलबार टाटा मोटर्सको दुई ओटा ईभी सार्वजनिक भएको छ। नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभी म्याक्स र टियागो ईभी सार्वजनिक गरेको हो।

टियागो ईभी दुई भेरियन्ट मिडियम र लङ रेञ्जमा ल्याइएको छ।

नेक्सन ईभी म्याक्सको सुरुवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ टियागो ईभीको सुरुवाती मूल्य २१ लख ९९ हजार रुपैयाँ तोकिएको छ।

टियागो ईभी टाटाको सबैभन्दा सस्तो ईभी हो।

मिडियम भेरियन्टमा १९.२ किलोवाटको ब्याट्री र लङ भेरियन्टमा २४ किलोवाटको ब्याट्री दिइएको छ।

मिडियम भेरियन्टमा रहेको ४५ किलोवाटको मोटर र लङ भेरियन्टमा ४९ किलोवाटको मोटर दिइएको छ। मिडियमले २५० किलोमिटर र लङले ३५० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।

नेक्सन ईभी म्याक्समा ४०.५ किलोवाटको ब्याट्री छ। यसमा १०० किलोवाटको मोटर छ। नेक्सन ईभी म्याक्सले फुल चार्जमा ४५३ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २६ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार