के ब्रह्माण्डमा पृथ्वी बाहेक अन्यन्त्र जीवन छ?

Technology Khabar २६ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

जुलाई, २०२३ मा अमेरिकी संसदीय समितिका सदस्यहरूलाई अमेरिकी नौसेनाका लडाकु विमानहरूको क्यामराले आकाशमा रेकर्ड गरेको तीन ओटा भिडियोहरू देखाइएको थियो।

यी कालो र सेतो भिडियोहरूमा चित्रहरू अलि धमिला थिए। ती मध्ये एकमा एउटा चम्किलो अन्डाकार वस्तु आकाशमा तीव्र गतिमा उडिरहेको र घुमिरहेको देखिएको थियो।

त्यसलाई हेर्दै गरेका नौसेनाका पाइलटहरूको प्रतिक्रिया पनि रेकर्ड गरिएको थियो, उनीहरुको कुराकानीका आधारमा उनीहरु छक्क परिरहेका थिए।

फरक-फरक समयमा रेकर्ड भएका दुई भिडियोमा एउटै रहस्यमय वस्तु आकाशमा उस्तै गरी उडेको देखिएको थियो।

भिडियो फुटेज धेरै पहिले लीक भएको थियो। तर अमेरिकी रक्षा मन्त्रालयले आधिकारिक रुपमा २०२० मा जारी गरेको थियो।

उक्त भिडियोलाई यूट्यूबमा लाखौं मानिसले हेरेका छन्। तर यस वर्षको जुलाईमा अमेरिकी संसदको एक समितिका सदस्यहरूले आफ्नो उद्देश्य सत्यको फेदमा पुग्नु रहेको बताए।

तर यसले पृथ्वी बाहेक अन्य कुनै ग्रहमा जीवन छ कि छैन भन्ने अनुमान बढाएको छ?

आकाशमा नजर

ग्रेग अगिगियन पेन स्टेट युनिभर्सिटी, अमेरिकामा इतिहास र बायोएथिक्सका प्रोफेसर हुन्।

उनी भन्छन् कि मानिसहरूले शताब्दीयौंदेखि आकाशमा रहस्यमय चीजहरू देख्दै आएका छन्। रहस्यमय उड्ने वस्तुहरूलाई यूएफओ (अननोन् फ्लाइङ अब्जेक्ट) अर्थात् अज्ञात उडन तस्तरी भनिन्छ।

उनी भन्छन्, ‘यूएफओको बारेमा पहिलो पटक १९४७ मा चर्चा सुरु भएको थियो जब केनेथ अर्नोल्ड नामका एक निजी पाइलटले अमेरिकाको पश्चिमी तट नजिकै उडान गर्ने क्रममा आकाशमा विशेष ढाँचामा केही वस्तुहरू तीव्र गतिमा उडिरहेको देखेका थिए। उनीहरूलाई यो वस्तु अनौठो लाग्यो। यो चाँडै जंगलको आगो जस्तै फैलियो र एक पत्रकारले यसलाई फ्लाइङ ससर नाम दिए। पछि त्यस्ता चीजहरूलाई यूएफओ भनिन थालियो। यी वस्तुहरु अन्य ग्रहबाट आएको हुन सक्ने विश्वास गर्न थालियो। त्यसैले यो ऐतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण छ।’

त्यसपछि यूएफओ देखेको दाबी गर्नेको संख्या तीव्र गतिमा बढी रहेको छ। ग्रेग ऐगिगियनका अनुसार सन् १९५० को दशकमा यूएफओ देखिने लहर आएको थियो। यूएफओ देखिने समाचारहरू अमेरिकाको वाशिंगटन, इटाली र युरोपको स्पेन र त्यसपछि ल्याटिन अमेरिकाबाट आउन थाल्यो।

१९५४ मा फ्रान्सबाट यूएफओ देखेको रिपोर्ट मात्र आएन। तर केही मानिसहरूले त्यस भित्र बसेका मानिसहरू देखेको दाबी पनि गरे।

त्यसपछि ७०, ८० र ९० को दशकमा यस्तो खबर आइरहयो।

केही हदसम्म यी समाचारको एउटा कारण अमेरिका, उसका सहयोगी र सोभियत संघबीच करिब ४५ वर्षसम्म चलेको शीतयुद्ध भएको ग्रेग एगिगियन बताउँछन्।

तत्कालिन समयमा दुवै खेमाले एकअर्काको जानकारी संकलन गर्न विभिन्न तरिका अपनाइरहेका थिए। त्यसैबेला अन्य ग्रहमा बस्ने एलियनले हिरोसिमा र नागासाकीमा भएको आणविक हमला देखेको हुनसक्छ भन्ने पनि मानिसहरूले अनुमान लगाएका थिए र कौतुहलता वा डरले पृथ्वीको परिक्रमा गरिरहेका थिए।

ग्रेग विश्वास गर्छन्, ‘यसको दोस्रो कारण सन् १९५० को दशकमा धेरै देशहरूबीच चन्द्रमामा पुग्ने वा माथि जाने दौड सुरु भएको थियो।’

अन्तरिक्ष युगमा रिलिज भएका विज्ञान कथा पुस्तकहरू र फिल्महरूले पनि यूएफओसँग सम्बन्धित विश्वासहरूलाई बलियो बनाएको थियो। प्रविधिको क्षमता बढ्दै गएकाले पहिलो पटक चन्द्रमा वा मंगल ग्रहमा मानिस बस्ने सम्भावनाको चर्चा भइरहेको थियो। निस्सन्देह, मानिसहरूले सोच्न थाले कि यदि हामीसँग यो क्षमता छ भने, हामी भन्दा धेरै विकसित सभ्यताहरूसँग निश्चित रूपमा धेरै क्षमता र प्रविधि हुनेछ।

सम्भवतः सन् २०१० देखि यस विषयमा मिडियाको चासो निकै बढेको र यसबारे विस्तृत रूपमा छलफल हुन थालेको ग्रेग ऐगिगियन बताउँछन्।

नयाँ उदीयमान संसार

खोज पत्रकार लेस्ली केनले २३ वर्षदेखि यूएफओ–सम्बन्धित समाचारमा रिपोर्टिङ गर्दै आएकी छन्। उनी भन्छन् कि अमेरिकी रक्षा विभागले २०१० देखि यूएफओमा जानकारी संकलन गर्न गोप्य कार्यक्रम चलाउँदै आएको छ, जसलाई उनीहरूले अब यूएफओको सट्टा अनआइडेन्टिफाइड एनोमेलस फिनामिना (यूएपी) भनिन्छ। यूएपी भनेको बुझ्न नसकेको रहस्यमय कुरा वा घटना हो।

यूएफओसँग सम्बन्धित धेरै धारणाहरू थिए, जसलाई मजाक बनाइयो। दोस्रो कुरा के हो भने अब आकाशमा मात्रै होइन पानीमुनि पनि अनौठो, रहस्यमय वस्तुतहरु देखिएको खबरहरु आएका छन्। यस्तो अवस्थामा, यी रहस्यमय घटनाहरूलाई व्यापक रूपमा परिभाषित गर्न, तिनीहरूलाई यूएपी भनिन्छ।

२०१७ मा, अमेरिकी यूएपी टास्क फोर्सका प्रमुखले यस परियोजनाको लागि कोष र समर्थनको कमीबाट दिक्क भएर राजीनामा दिए र यो कुरा सार्वजनिक गरे।

लेस्ली केन भन्छिन् कि यूएपी टास्क फोर्सका प्रमुखले उनलाई आफ्ना सहकर्मीहरूसँग बैठकमा बोलाए र विभिन्न कागजात, भिडियो र जानकारी सेयर गरे।

त्यसैको आधारमा लेस्लीले आफ्नो टोलीसँग मिलेर न्युयोर्क टाइम्समा समाचार प्रकाशित गरिन्। त्यसपछि यस विषयमा धेरै चर्चा भयो।

सरकारी अधिकारीहरूले यस कार्यक्रमको लागि रकम उपलब्ध गराउन स्वीकृति प्राप्त गरे र यसबारे गम्भीरतापूर्वक अनुसन्धान सुरु हुन थाल्यो।

यस वर्षको जुनमा, लेस्ली केनले व्हिसल ब्लोअर र पूर्व वरिष्ठ अमेरिकी गुप्तचर अधिकारी डेभिड ग्रशसँगको अन्तर्वार्तामा आधारित अर्को समाचार प्रकाशित गरिन्। डेभिड ग्रश अफगानिस्तानमा अमेरिकी सैन्य अभियानमा पनि संलग्न थिए।

उनले दाबी गरे कि अमेरिकाले धेरै वर्षदेखि एक खुफिया परियोजना चलाउँदै आएको छ जस अन्तर्गत दुर्घटनाग्रस्त यूएपीहरू कब्जा गरिन्छ र तिनीहरूको सामग्री र सम्भवतः तिनीहरूका पाइलटहरूको अवशेषहरू रिभर्स इन्जिनियरिङ मार्फत अध्ययन गरिन्छ।

लेस्ली केनले भनिन्, ‘यो एकदमै महत्तवपूर्ण दाबी हो। यस विषयमा उनले यस परियोजनामा काम गर्ने व्यक्ति र गुप्तचर विभागसँग सम्बन्धित धेरै वरिष्ठ अधिकारीहरूसँग पनि कुराकानी गरिन्। उनले अमेरिकी संसदमा यस विषयमा जानकारी दिएकी थिइन्। धेरै मानिसहरूले यो पनि भने कि डेभिड ग्रशले न त यूएपीको अवशेषहरू देखेका छन् न छोएका छन्। तर ग्रशले कुन दिन र स्थानमा युएपी खसेको र कसले कब्जा गरेको बताए। तर यो सबै जानकारी क्लासीफाइड छ। अर्थात् सार्वजनिक गर्न सकिँदैन। अमेरिकी संसदले यसको छानबिन गर्नुपर्छ।’

अमेरिकी रक्षा मन्त्रालयले अनुसन्धानकर्ताहरूसँग यी दाबीहरूको पुष्टि गर्ने जानकारी नभएको बताएका छन्।

उनले युएपीको रिभर्स इन्जिनियरिङको आयोजना न पहिले र अहिले नै भएको बताए। डेभिड ग्रशले अमेरिकी संसदको सुनुवाइमा शपथ ग्रहण गर्दै आफ्नो बयान दिएका थिए। यस क्रममा पूर्व सैनिक अधिकारीहरूले पनि आफ्ना प्रत्यक्षदर्शी अनुभवहरू सुनाए।

संसदीय समितिको सुनुवाइको उद्देश्य सरकारले यस विषयमा केही लुकाइरहेको छ कि छैन भनी पत्ता लगाउनु हो।

लेस्ली केन भन्छिन्, ‘मैले १७ वर्षदेखि भनेको छु कि यो हवाई यातायात सुरक्षा र राष्ट्रिय सुरक्षाको मुद्दा हो यसको छानबिन हुनुपर्छ। मैले के भन्न खोजेको थिएँ कि यूएफओ साँच्चै अवस्थित छ। र यो एक फरक संसार हो। सांसदहरूलाई धेरै बुद्धिमत्ता दिइएको छ, त्यसैले उनीहरू यसलाई यति गम्भीर रूपमा लिइरहेका छन्। तर संसारका आम जनतालाई पनि पृथ्वीमा मात्र नभएर बाहिर पनि ब्रह्माण्डमा जीवन छ भन्ने थाहा पाउने अधिकार छ। हामीसँग यसको प्रमाण छ।’

आँखा अगाडि सत्य

एडम फ्र्याङ्क रोचेस्टर विश्वविद्यालयमा खगोल विज्ञानका प्राध्यापक हुन्। उनी भन्छन् कि अहिले सम्म विज्ञानले यूएफओ वा यूपीएको बहसमा धेरै सान्दर्भिकता पाएको छैन किनभने विज्ञानले अनुमान र कथाहरूमा काम गर्दैन तर ठोस प्रमाणमा काम गर्छ।

‘अहिलेसम्म विज्ञानले यस विषयमा विशेष केही गर्न सकेको छैन किनभने धेरैजसो जानकारीहरू मानिसहरूले सुनेका किस्सा र कथाहरूमा आधारित हुन्छन्। कुनै पनि पुलिसकर्मी वा मनोवैज्ञानिकले पनि मानिसहरूको स्मरणशक्ति कुनै पनि कुराको भरपर्दो प्रमाण होइन भनी भन्नेछन्। वैज्ञानिकहरूसँग यसमा काम गर्न आवश्यक जानकारी छैन।’

तर अहिले समय बदलिएको छ। अन्य ग्रहहरूमा जीवन वा उन्नत प्रविधि खोज्न गर्न अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा हिट सिग्नेचर फेला पार्न सुरु गरिएको परियोजनामा एडम फ्र्याङ्क एक प्रमुख अन्वेषक हुन्।

उनी भन्छन् कि यो खोज कहाँ गर्ने सबैभन्दा महत्तवपूर्ण प्रश्न हो। ‘उदाहरणका लागि, यदि तपाई नेब्रास्कामा बस्ने व्यक्तिलाई फेला पार्न चाहनुहुन्छ भने, तपाई उसलाई हिमालयको गाउँमा नभई नेब्रास्कामा भेट्टाउनुहुनेछ। एलियन्समा पनि यही कुरा लागू हुन्छ। सौर्यमन्डलमा ४०० अर्ब तार छन्। धेरै ग्रह छन्। पृथ्वी हिमालयको एउटा सानो गाउँ जस्तै हो। एलियनहरूलाई उनीहरु बस्ने ग्रहहरूमा फेला पार्नु पर्छ।’

अमेरिकी संसदीय समिति समक्ष नौसेनाका पाइलटहरूको सुनुवाईका सम्बन्धमा एडम फ्र्याङ्क भन्छन्, ‘यसबारे पारदर्शी ढंगले छलफल र छानबिन भए राम्रो हुन्छ। तर व्हिसल ब्लोअरद्वारा यूएपीको अवशेष फेला पार्ने दाबीलाई उनी शंकाका साथ हेर्छन्।’

यो सबै एक्स–फाइल्सको एक एपिसोड जस्तो लाग्छ। यो पत्याउन गाह्रो छ कि विगत ७० वर्षमा एलियन्स वा यूएपी अवशेषहरूको कुनै पनि फोटो फेला पार्न सकेको छैन। अर्को एउटा कुरा विचार गर्नुहोस्। ताराहरू र सौर्यमण्डलहरू बीचको दूरी यति लामो छ कि तपाई तिनीहरूलाई गणना गर्न तपाईको दिमाग चकराउँछ। त्यसैले यदि कुनै प्राणी वा सभ्यतासँग यत्तिको लामो दूरीको यात्रा गर्न सक्ने अत्याधुनिक प्रविधि छ भने उसको अन्तरिक्ष यान यहाँ आएर दुर्घटनाग्रस्त भयो भन्नु अलि पत्याउनै नसकिने देखिन्छ।

एडम फ्र्याङ्कले नासाका वैज्ञानिकहरूले उक्त भिडियोको मूल्यांकन गरेका थिए जसमा केही उडिरहेको देखिन्छ तर यसको गति ४० माइल प्रतिघण्टा मात्र थियो, जुन बाह्य गति होइन। यसको मतलब ठोस प्रमाण बिना, वैज्ञानिकहरूले तिनीहरूलाई अनुमानको रूपमा मात्र हेर्नेछन्।

एडम फ्र्याङ्कले भने, ‘हामीसँग जेम्स वेब जस्ता शक्तिशाली टेलिस्कोपहरू छन् जसमा धेरै प्रकाश वर्ष टाढा अन्य ग्रहहरूमा रहेका एलियन्स संसारहरू हेर्न सक्ने क्षमता छ। यदि त्यहाँ अक्सिजन छ भने, यो टेलिस्कोपले पत्ता लगाउन सक्छ। हामीले त्यो ग्रहको बायो सिग्नेचर पाउनेछौं जसले हामीलाई त्यहाँ कस्तो प्रकारको जैविक विविधता छ भनेर बताउनेछ।’

एडम फ्र्याङ्कका अनुसार एस्ट्रोबायोलोजीमा जुन प्रकारको क्रान्ति भइरहेको छ, त्यसरी नै यो पुस्ताले पृथ्वी बाहिर जीवन छ कि छैन भन्ने थाहा पाउने देखिन्छ।

तर पृथ्वी बाहिर जीवन भएको भए के हुन्थ्यो?

एक्स्ट्रा टेरेस्ट्रियल प्रभाव

चेल्सी हेरेमिया युके संस्था सेटी ( एक्स्ट्रा टेरेस्ट्रियल इन्टेलिजेनस) को पोस्ट डिटेक्शन हबका सदस्य हुन्। यसले डिटेक्शन हबको रुपमा काम गर्छ। इदि एलियन्स पत्ता लाग्यो भने उनीहरुको प्रविधिसँग लड्न मानिसहरुलाई तयार गर्नेछ।

चेल्सी हेरेमियाले बीबीसीलाई भनिन्, ‘एलियन्स फेला परेमा के गर्ने भनेर हामीसँग कुनै सूची छैन। त्यतिबेलाको परिस्थितिमा धेरै कुरा भर पर्छ। यस्तो अवस्थामा हामीले न्याय र शोषण जस्ता विषयमा सोच्नुपर्छ। हामी जान्दछौं कि सत्तामा रहेकाहरूले प्रायः यस्ता परिस्थितिहरूको शोषण गर्ने प्रयास गर्छन्। नराम्रो व्यवहार गर्छन्। पृथ्वीमा हामी अझै पनि अन्य ठाउँबाट आएका मानिसहरूलाई एलियन भन्छौं। तिनीहरूसँग मानवताको व्यवहार गरिदैन।’

सामान्यतया यो पनि देख्न पाइन्छ कि अरु सरकारको तुलनामा कतिपय सरकारहरु धेरै नराम्रो र अमानवीय हुन्छन्, त्यसोभए उनीहरु पत्ता लागेपछि एलियनहरुलाई कसरी सम्पर्क गर्ने भन्ने पनि प्रश्न हो।

चेल्सी हेरेमिया नोएले भने, ‘के हुनेछ कि केही सरकारहरूले नैतिक रूपमा सही निर्णय गर्नेछन् र केही सरकारले गर्दैनन्। केही मानिसहरूका लागि यो सत्ता कब्जा गर्ने अवसर हुनेछ। कतिपय सरकारहरूले एक्स्ट्रा टेरेस्ट्रियलहरूसँग सम्पर्क एकाधिकार बनाउने प्रयास गर्न सक्छन्। केही मानिसहरू तिनीहरूको बारेमा जानकारी सेयर गर्न चाहँदैनन्। यो विज्ञान प्रयोग गर्ने नैतिकताको मुद्दा हो।’

यसका लागि धेरै सरकार मिलेर काम गर्न आवश्यक हुन्छ। यसमा बाधा आउन सक्छ किन कि यसका लागि सरकारले एक अर्कासँग आफ्नो विशेष प्रविधि सेयर गर्नु पर्ने हुन्छ।

चेल्सी हेरेमियाको विचारमा यो सजिलो हुने छैन, ‘सरकारका लागि यस एक अर्कासँग यस प्रकारको वैज्ञानिक प्रविधि, जानकारी आदान प्रदान तथा समन्वय धेरै चुनौतीपूर्ण हुन्छ। यस जटिल जानकारीलाई मानिनसँग सजिलै पुर्याउन कठिन हुन्छ। मनवताको इतिहासको यस महत्वपूर्ण समयमा नैतिकताबाट काम लिन पनि धेरै महत्वपूर्ण हुन्छ।’

पूर्व र वर्तमान गुप्तचर अधिकारीहरू, ह्विस्टल ब्लोअर र जसले यूएपी देखेको विश्वास गर्ने मानिसहरू भन्छन् ‘पृथ्वीभन्दा बाहिर जीवन अवस्थित छ’। तर अनुसन्धान गर्न सकिने ठोस प्रमाण नभएसम्म वैज्ञानिकहरूले यसलाई स्वीकार गर्दैनन्।

यद्यपि, ग्रेग ऐगिगियन विश्वास गर्छन् कि ‘यूएपी हाम्रो सामाजिक वास्तविकता हो। हामीले तिनीहरूलाई हाम्रो सामाजिक वास्तविकताको एक हिस्सा बनाएका छौं। त्यसैले अब यसको गहिराइमा अध्ययन गर्न जरुरी छ।’

प्रकाशित: २६ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया