डिजिटल जीवनको समग्र गुणस्तरको सन्दर्भमा नेपालको स्थान निकै कमजोर

Technology Khabar २६ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

डिजिटल जीवनको गुणस्तर कायम राख्ने सन्दर्भमा विश्वव्यापी रूपमा नेपाल दक्षिण एशियाली मुलुकहरुमध्ये सबैभन्दा अन्तिममा रहेको छ। सार्वजनिक एक रिपोर्टअनुसार डिजिटल क्वालिटि अफ लाइफ इन्डेक्सको सूचीमा नेपालको स्थान ९४ औं स्थानमा रहेको छ।

साइबर-सुरक्षा कम्पनी सर्फशार्कद्वारा सार्वजनिक गरिएको डिजिटल गुणस्तरको जीवन (डीक्यूएल DQL) सूचकांक एक वार्षिक अध्ययन हो जसले १२१ देशहरूलाई ५ मुख्य स्तम्भहरू  इन्टरनेट गुणस्तर, इन्टरनेट किफायती, ई-सुरक्षा, ई-पूर्वाधार र ई-गभर्नमेन्टको आधारमा उनीहरूको डिजिटल कल्याणमा सूचीकरण गर्दछ।

५औं डीक्यूएल अध्ययनमा नेपाल विश्वमा ९४औँ स्थानमा रहेको छ, जुन गत वर्ष पनि सोही स्थानमा रहेको थियो।

सार्वजनिक तथ्यांकअनुसार देशले ई-सुरक्षा र ई-गभर्नमेन्टमा चुनौतीहरूको सामना गरेको छ, जसले गर्दा यसको श्रेणी कमजोर देखिएको छ। यसमध्ये पनि डाटा सुरक्षा त तुलनायोग्य नै नहुने गरी निकै कमजोर रहेको देखिन्छ। यस्तै ई-गभर्नमेन्टमध्ये अनलाइन सेवामा १०३ औं स्थान र एआई तयारीमा १११ औं स्थानमा रहेको छ।

बाँकी स्तम्भहरूको लागि, नेपाल ब्रोडब्याण्ड किफायतीमा भने नेपालको स्तर औसत विश्वको भन्दा निकै राम्रो देखिन्छ। जसमा नेपालले ३९ औं स्थान पाएको छ। यस्तै इन्टरनेटको गुणस्तर विशेषगरी ब्रोडब्याण्डमा पनि निकै सूधार रहेको देखिन्छ, जसमा नेपाल औसत विश्वको स्तर भन्दा माथि रहँदै २३ औं सूचीमा छ। यसले गर्दा इन्टरनेट अफोर्डाबिलिटीको स्थान ५८ औं रहेको छ।

तर नेपाल ई-सरकार १०४ औं स्थान र ई-सुरक्षामा ९८ औं स्थानमा हुँदा  समग्र सूची ९४ औं स्थानमा झरेको छ।

एशियामा, नेपाल ३५ देशहरु मध्ये ३० औं स्थानमा छ। सिंगापुर यस क्षेत्रको नेतृत्वमा छ भने छिमेकी भारत १३ औं स्थानमा छ। यस्तै अर्को छिमेकी देश चीन भने सूचीमा ४४ औं स्थानमा छ।

समग्रमा भारत ५२ औं स्थानमा छ भने बंगलादेश ८२ औं स्थान र पाकिस्तान ९३ औं स्थानमा छ। यस बाहेक अन्य दक्षिण एशियाली देशहरु सूचीमा अटाएका छैनन्।

“धेरै देशहरूमा, ‘डिजिटल क्वालिटि अफ लाइफ’ समग्र ‘जीवनको गुणस्तर’ को फराकिलो अवधारणामा मर्ज भएको छ,” सर्फशार्कका प्रवक्ता गेब्रियल राकाटे-क्रासाउस्केले भने, “अहिले यसलाई हेर्नको लागि अर्को कुनै उपाय छैन, काम, शिक्षा र मनोरञ्जनसहित धेरै दैनिक गतिविधिहरू अनलाइन गरिन्छ।”

“त्यसैले देशको डिजिटल गुणस्तरको फस्टाउने क्षेत्रहरू र जहाँ ध्यान आवश्यक छ, डीक्यूएल इन्डेक्सको सही उद्देश्य हो भनेर बताउन महत्त्वपूर्ण छ,” उनले भने।

ई-सुरक्षा स्तम्भले साइबर अपराध विरुद्ध लड्न देश कत्तिको राम्रोसँग तयार छ, साथै देशको डाटा सुरक्षा कानूनहरू कत्तिको उन्नत छ भनेर मापन गर्दछ।

तर विश्वव्यापी परिप्रेक्ष्यमा, अध्ययनले नेपाल साइबर अपराधसँग लड्न तयार नभएको र देशमा डाटा सुरक्षा निकै कमजोर रहेको देखाएको छ।

रिपोर्टअनुसार यो सूचीमा फ्रान्स पहिलो स्थानमा छ भने त्यसपछि फिनल्याण्ड र डेनमार्क रहेका छन्।

प्रकाशित: २६ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया