Technology Khabar २६ भाद्र २०८०, मंगलवार
काठमाडौं ।
एप्पलले सेप्टेम्बर १२ (मंगलबार) आईफोन १५ जेनेरेशन अनावरण गर्दैछ। परम्परागत रूपमा, कम्पनीले ठूला इभेन्ट हुनु अघि आफ्ना उत्पादनहरू र्यापमा राख्ने गरे तापनि यी डिभाइसहरू उच्च चासोका भएकाले तिनीहरुका बारेमा धेरै लीकहरू सार्वजनिक भएका छन्।
आईफोन १५ र आईफोन १५ प्लस को अहिलेसम्म थाहा भएको विवरणहरुको बारेमा जीएसएमएरिनाले उल्लेख गरेको छ।
लाइटनिङ पोर्टको सट्टामा यूएसबी–सी चार्जर
टिम कुकको नेतृत्वमा रहेको कम्पनीले यूएसबी–सी को प्रोप्रियटरी (स्वामित्व) लाइटनिङ पोर्ट सट्टामा समावेश गरिएको नयाँ यूएसबी–सी को फाइदाहरूको बारेमा उल्लेख गरेको जनाइएको छ। साथै यस परिवर्तनको वास्तविक कारण पनि ईयू नै रहेको छ। एप्पलले एमएफआई सर्टिफिकेसन प्रोग्राम (प्रमाणीकरण कार्यक्रम) बाट राजस्व गुमाउने र मार्क गुरम्यानका अनुसार यसले कम्पनीको भिन्नतालाई पुर्नेछ। यसको अर्थ कम्पनीको प्रयोगकर्ताहरूसँग अब एन्ड्रोइड फोनहरूसँग मिल्दो सामानहरू हुनेछन्।
आईप्याडह र म्याकहरूमा यूएसबी–सी प्रयोग गरिसकेको र अब आइफोनहरूले पनि सोही कदम पछ्याउने समय आएको उल्लेख गरिएको छ। यो ट्रन्जिसन केही प्रयोगकर्ताहरूको लागि पीडादायी हुनसक्ने भएतापनि एप्पलले खुद्रा प्याकेजमा उच्च–गुणस्तरको यूएसबी–सी–टू–सी केबलहरू समावेश गर्ने जनाइएको छ।
आईफोन १५ र १५ प्रो डुओ का केबलहरूले ६० वाट (यूएसबी पीडी ३.०, २० भोल्टमा ३ए) सम्म समर्थन गर्नेछ भने फोनहरूले वर्तमान मोडेलहरू जस्तै २० वाट मात्र समर्थन गर्नेछ। साथै यसले ल्यापटप चार्ज गर्नका लागि केबल प्रयोगयोग्य बनाउने छ।
त्यसैगरी, केबलहरू यूएसबी २.० मात्र हुने उल्लेख गरिएको छ। एन्ड्रोइड फ्ल्यागशिपहरूमा पनि समान यूएसबी २.० को केबलहरू रहने गरेको छ। यसको थप महत्त्वपूर्ण कुरा भनेको आउटगोइङ्ग लाइटनिङ पोर्टहरू जस्तै यूएसबी–सी पोर्ट पनि आफैँ यूएसबी २.० मा अड्किने उल्लेख गरिएको छ।
ठूला ब्याट्रीहरू
आईफोन १५ सिरिजका सबै मोडलहरूमा ठूला ब्याट्रीहरू हुने भित्री स्रोतहरूले जनाएको उल्लेख छ। यसको सही संख्याहरू उपलब्ध नभए तापनि आईफोन १५ प्रो म्याक्सका साथै १५ प्लस (सम्भावना रहेको) ५,००० एमएएच नजिक पुग्ने अपेक्षा गरिएको छ भने १४ प्लस र १४ प्रो म्याक्सको ट्याङ्कमा ४,३२३ एमएएच समावेश गरिएको उल्लेख छ। यस नयाँ ब्याट्रीहरू प्रो मोडलको फास्ट चार्जिङसँग राम्रोसँग जोडिने थप उल्लेख छ।
सबै मोडलमा डायनामिक आइल्याण्ड
एप्पलको एक्स्ट्रा वाइड नचको यी दिनहरू अन्तिम भएको र विशेष गरि कम्तिमा पनि मुख्य सिरिजमा यस्तो हुने उल्लेख गरिएको छ। आईफोन १५ र १५ प्लसले आफ्नो समानको डायनामिक आइल्याण्डसँग मेल खाने उल्लेख छ। एप्पलको फेसटाइम क्यामरा र फेसआईडी हार्डवेयर दुवै समावेश गरिएको पिल–सेप्ड पंच होलको मार्केटिङ टर्मका लागि जनाइएको छ।
यस वर्ष भेनिला फोनहरूको लागि प्रमुख डिस्प्ले अपग्रेड हुनेछ, भने १२० हर्ज मोड चाँडै नआउने जनाइएको छ। यसको मतलब एलटीपीओ प्यानलहरू पनि नहुने र तिनीहरू ६० हर्जमा म्याक्सिमम् क्याप गरेतापनि तिनीहरूले पावर खपतमा मद्दत गर्ने उल्लेख गरिएको छ।
ट्विस्टका साथ चारैतिर ४८ मेगापिक्सेल क्यामरा
आईफोन १४ प्रोमा पहिलो पटक १२ मेगापिक्सेल भन्दा माथिको क्यामरा समावेश गरिएका थिए। यद्यपी भेनिला मोडलहरू भने त्यसबाट बञ्चित भएका थिए। यस वर्षको आईफोन १५ र १५ प्लसमा ४८ मेगापिक्सेलको मुख्य सेन्सर (एफ/१.६ लेन्सको साथ) मा स्तरवृद्धि गरिने छ भने यसले सुपेरियर लो–लाइट पर्फमेन्सको दाबी गरेको उल्लेख छ। यसको अल्ट्रा वाइड क्यामेरामा १२ मेगापिक्सेलको रहने तर त्यहाँ कुनै टेलिलेन्स भने नहुने (जुमिङ्गको लागि मुख्य क्यामरा राम्रो हुने) जनाइएको छ।
आईफोन १५ प्रो र १५ प्रो म्याक्समा गत वर्षको जस्तै १/१.२८” सोनी आईएमएक्स ८०३ सहितको ४८ मेगापिक्सेल क्यामरा रहने उल्लेख छ। भेनिला मोडलहरूमा भने स्ट्याक्ड सेन्सरहरू प्रयोग गरिने र तिनीहरू वास्तवमा उत्कृष्ट साबित हुन सक्ने (प्रोहरूले अर्को वर्ष स्ट्याक्ड सेन्सरहरू पाउनेछन्) मिङ–ची कुओले लेखेका छन्।
प्रोजहरू टाइटेनियम फ्रेम समावेश गरिने, भेनिला फोनहरूमा एल्युमिनियममा रहने
एल्युमिनियमको सट्टा स्टेनलेस स्टील प्रयोग गर्ने पहिलो फोन आईफोन एक्स थियो र एप्पलले त्यसबेलादेखि प्रो साइडमा त्यसलाई निरन्तरता दिएको छ। एप्पल वाच अल्ट्रा लन्चको साथ टाइटेनियममा केही अनुभव प्राप्त गरेपछि कम्पनी अब आईफोन प्रो फ्रेमको लागि छनौटको सामग्री परिवर्तन गर्न तयार भएको उल्लेख छ।
यसले फोनलाई हल्का बनाउनेछ, जुन पुरानो मोडेलहरूमा समस्या भएको थियो (जस्तै २०२२ प्रो म्याक्सको तौल केही फोल्डेबलहरू भन्दा बढी छ)। अहिलेको लागि भेनिला फोनहरूमा भने एल्युमिनियम नै प्रयोग गरिने भएकाले तिनीहरूको निर्माणमा ठूलो परिवर्तनको आशा नगर्नु भनी उल्लेख गरिएको छ।
लन्चमा उपलब्ध हुने भेनिला र प्रो सिरिजको लागि डमीहरूले कलर अप्सन्स् (रङ्ग विकल्पहरू) देखाएको जनाइएको छ।
एप्पल ए१६ चिपसेटको सम्भावना
एप्पलले यस वर्ष टीएसएमसीको ३एनएम क्यापासिटिको ९० प्रतिशत आरक्षित गरेको बताइएको छ। त्यसको केही भाग एप्पल ए१७ बायोनिक चिपसेटहरू बनाउनका लागि जाने उल्लेख गरिएको छ। सो चिपसेटहरूमा ६ सीपीयू कोर (२+४) हुने अपेक्षा गरिनुका साथै मोबाइलमा क्लक स्पिड (घडीको गति) को लागि नयाँ रेकर्ड सेट गर्ने र पर्फमेन्स कोरहरूको लागि ३.७ गीगाहर्ट्ज सम्म हुने उल्लेख गरिएको छ।
आईफोन १५ र १५ प्लस सम्भवतः प्रोहरु भन्दा एक वर्ष पछाडि रहनेछन् र यी दुबैले २०२२ को ए१६ चिपसेट पाउनेछन् (स्मरण रहोस्, गत वर्षको भेनिला फोनहरूमा ए१५ समावेश गरिएको थियो)।
र्याम क्षमता भने उस्तै ६ जीबी एलपीडीडीआर५ (सबै आईफोन १४ मोडलहरूमा ६जीबी थियो) रहन सक्ने सम्भावना भएको उल्लेख छ। साथै प्रोहरूमा ८ जीबी देखिने मौका पनि रहेको तर यस अपग्रेडमा १५ र १५ प्लस भने समावेश हुने सम्भावना नभएको उल्लेख छ।
टगल स्टिल अन बोर्ड
प्रो का दुई फोनहरूमा एप्पल वाच अल्ट्राबाट प्रेरित एक्शन बटन अपनाउनेछन् भने आईफोन १५ र १५ प्लसमा टगल राखिने जनाइएको छ। डायनामिक आइल्याण्ड जस्तै, यसलाई दुई भेनिला फोनहरूको लागि अर्को वर्षको लागि अपग्रेडको रूपमा आरक्षित गरिएको हुन सक्छ भनी उल्लेख गरिएको छ।
आउटलुक
पेरिस्कोप लेन्सले आईफोन १५ प्रो म्याक्सलाई सिरिजको सबैभन्दा लोकप्रिय मोडेल बनाउने विश्लेषकहरूले आशा गरेका छन् भने यसले आईफोन १५ ह्यान्डसेटहरूको कुल अर्डरको ३५–४० प्रतिशतको हिसाबले योगदान पुर्याएको उल्लेख छ। यो सुपेरियर चिपसेटको शीर्षमा रहेको र यसले दुबै प्रो मोडेलहरूको लागि माग बढाउने अपेक्षा गरिएको छ।
एप्पलले कथित रूपमा केहि समस्याहरू झेल्न परेको उल्लेख छ। सोनीले पेरिस्कोप मोड्युलको लागि पर्याप्त सेन्सरहरू निर्माण गर्न संघर्ष गरिरहेको हुनाले आईफोन १५ प्रो म्याक्सको लन्चमा ढिलाइ हुनसक्ने र अर्को महिना अर्थात अक्टोबरमा लन्च गरिने उल्लेख गरिएको छ। साथै तिनीहरू रिभिल्ड गरिए पश्चात लगभग तुरुन्तै (सायद केही दिन पछि) थप तीन अन्य आईफोन १५ मोडलहरू प्रि–अर्डरमा जाने आशा गरिएको छ।
प्रोहरुको माग धेरै भएको खण्डमा भेनिला मोडलहरू डुब्न सक्ने उल्लेख गरिएको छ। यसअघि नै एप्पलले सम्पूर्ण सिरिजको लागि उत्पादनमा ८३ मिलियनबाट ७७ मिलियन एकाइमा कटौती गरेको भन्ने रिपोर्टहरू आएको छ। यो माथि उल्लेखित उत्पादन मुद्दाहरूको कारण हो, तर कम मागको लागि पनि अपेक्षा गरिएको उल्लेख छ।
आईफोन १५ र १५ प्लसको मूल्य पहिलेको जस्तै उस्तै रहने अपेक्षा गरिएको छ। आईफोन १५ प्रोको मूल्यमा भने १०० अमेरिकी डलरले वृद्धी हुने जनाइएको छ। आईफोन १५ प्रो म्याक्समा पनि १०० अमेरिकी डलर वा २०० अमेरिकी डलर मूल्य वृद्धि हुने उल्लेख छ।
प्रकाशित: २६ भाद्र २०८०, मंगलवार