कोशी अस्पतालको सेवा ‘मोबाइल अस्पताल एप’ मार्फत पाईने

  • Technology Khabar | २५ भाद्र २०८०, सोमबार
कोशी अस्पतालको सेवा ‘मोबाइल अस्पताल एप’ मार्फत पाईने

काठमाडौं ।

कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ। यो एपमार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एपबाटै प्राप्त गर्ने सक्नेछन्।

यसैगरी नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूलेसमेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र  आफ्नो बीमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्नेछन्।

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्नेछ। यसले अस्पतालको सेवालाई  समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्नेछ।

दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एपमार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको जनाएको छ।

प्रकाशित: २५ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार