ट्विटरकाे “एक्स” रिब्रान्डिङ पछि डाउनलोड सङ्ख्या दशकैको न्यून बिन्दुमा

  • Technology Khabar | २५ भाद्र २०८०, सोमबार
ट्विटरकाे “एक्स” रिब्रान्डिङ पछि डाउनलोड सङ्ख्या दशकैको न्यून बिन्दुमा

काठमाडौं ।

ट्विटरले, “एक्स” को रूपमा विवादास्पद रिब्रान्डिङ गरेपछि डाउनलोड संख्यामा उल्लेखनिय गिरावटको सामना गरेको छ।

एपटोपियाको एउटा रिपोर्टकाअनुसार रिब्रान्डिङको दुई महिना भित्र सामाजिक सञ्जाल जायन्टका डाउनलोडहरू झन्डै ३० प्रतिशतले घटेको हाे।यसले एक दशकमा सबैभन्दा न्यून बिन्दु बनाएको उल्लेख छ।

ट्वीटर डटकममार्फत अझै पनि पहुँचयोग्य वेब संस्करणले ट्राफिकमा पनि कमी देखेको छ। अघिल्लो वर्षको तुलनामा अगस्टमा ग्लोबल भिजिट १० प्रतिशतले घटेको गिज्माेचाइनाले उल्लेख गरेकाे छ।

ऐतिहासिक रूपमा, ट्विटरले २०११ देखि मासिक १५ देखि ३० मिलियन नयाँ प्रयोगकर्ताहरू थपिरहेको थियो। यद्यपि, हालको तथ्याङ्कले “एक्स” ले यस वर्ष अगस्ट र सेप्टेम्बर बीचमा मात्र १० मिलियन प्रयोगकर्ताहरू सुरक्षित गरेको संकेत गरेको बताइएकाे छ। यो पर्याप्त गिरावट गत वर्ष प्लेटफर्मको प्रदर्शनको तुलनामा विरोधाभास रहेकाे छ, जहाँ यसले मस्कको अधिग्रहण अघि डाउनलोडमा १८ प्रतिशत मात्र कमी अनुभव गरेको थियो।

“एक्स” को घट्दो नयाँ डाउनलोडहरुसँगै एपले प्रयोगकर्तालाई कायम राख्ने सन्दर्भमा पनि असर गरेको बताइएको छ। जुलाईमा, दैनिक सक्रिय प्रयोगकर्ताहरू २५३ मिलियन थिए, जुन अब सेप्टेम्बरमा २४९ मिलियनमा घटेको उल्लेख छ। यस्तै मासिक सक्रिय प्रयोगकर्ताहरूमा पनि एकै समय फ्रेम भित्र ३९८ मिलियनबाट ३९३ मिलियनमा गिरावट हुँदै समान ट्रेण्ड देखिएको बताइएकाे छ।

यी तथ्याङ्कहरू मस्कका लागि एक झटकाको रुपमा भएको बताईएको छ। उनले पहिले २०२४ सम्ममा एक बिलियन मासिक प्रयोगकर्ताहरूलाई हिट गर्ने महत्वाकांक्षा व्यक्त गरिसकेका छन्। अक्टोबरमा मस्कको टेकओभर पछि डाउनलोड र प्रयोगमा प्रारम्भिक वृद्धि भए पनि, गतिलाई निरन्तरता दिन सकेनन्।

प्रकाशित: २५ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार