सिजि मोटर्सबाट विद्युतीय गाडी किन्दा कामना सेवा विकास बैंकले सुलभ कर्जा दिने

  • Technology Khabar | २४ भाद्र २०८०, आईतवार
सिजि मोटर्सबाट विद्युतीय गाडी किन्दा कामना सेवा विकास बैंकले सुलभ कर्जा दिने

काठमाडौं ।

कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजि मोटर्स प्रालिसँग भदौ २२ गते शुक्रबार सम्झौता गरेको छ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र सिजि मोटर्सको तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे।

उक्त सम्झौता पश्चात सिजि मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: २४ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार