
काठमाडौं ।
गुगल पिक्सेल ८ टिजर भिडियोले पिक्सेल वाच २ आउँदै गरेको पुष्टि गरेको छ। गुगलले आफ्नो पहिलो आधिकारिक टिजरको एक झलक साझा गर्दै उक्त पुष्टि गरेको हो।
प्रीभ्यूमा, गुगलले पिक्सेल ८ प्रोको डिजाइन प्रकट गर्दै प्री-अर्डरहरू अक्टोबर ४ मा सुरु हुने पनि घोषणा गरेको छ। साथै, ‘पोर्सिलेन कलर’ संस्करण यो डिभाइसका लागि विकल्प हुने प्रीभ्यूमा उल्लेख छ।
पिक्सेल ८ प्रो कम्तिमा तीन रङ लाइकोरिस (कालो), पोर्सिलेन, र स्काई (निलो) भेरियन्टहरूमा आउने बताइएको छ। गत महिनाको लीक भएको पिक्सेल वाच २ को विशेषता र सुविधाहरूमा यूडब्ल्यूबी टेक र स्न्यापड्रयागन डब्ल्यू ५ जेन १ एसओसी जस्ता केही रोचक विवरणहरू प्रकट गरिएको थियो।
भर्खरको रिपोर्टहरूले पिक्सेल ८ प्रो को बारेमा मुख्य विवरणहरू अनावरण गरेको छ। यो स्मार्टफोनमा ११ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा हुनेछ। त्यस्तै, पछाडिको क्यामरामा ५० मेगापिक्सेलको सामसङ जेन २ प्राइमरी क्यामरा, अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआइएस), ६४ मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स र ४८ मेगापिक्सेलको टेलिफोटो क्यामरा समावेश हुने उल्लेख छ।
यसले ६.७ इन्चको ओएलइडी एलटीपीओ डिस्प्ले, १,३४४ x २,९९२ पिक्सेलको क्वाड एचडी प्लस रिजोल्युसन र सिल्की-स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ फिचर गर्नेछ। यो पहिले नै इन्स्टल्ड एन्ड्रोइड १४ ओएससँग आउने तथा रोबस्ट ४,९५० एमएएच ब्याट्रीमा चल्ने बताइएको छ। फास्ट २७ वाट वायर्ड चार्जिङ र सुविधाजनक २३ वाट वायरलेस चार्जिङ गर्न सक्षम हुने उल्लेख छ।
डिभाइस गुगलको आफ्नै टेन्सर जी ३ चिपद्वारा संचालित हुनेछ, जसको साथमा १२ जीबी र्याम र ५१२ जीबी सम्म पुग्न सक्ने स्टोरेज विकल्पहरू रहेका गिज्माेचाइनाले उल्लेख गरेकाे छ।
गुगलको नयाँ पिक्सेल ८ सिरिजका स्मार्टफोनहरू अक्टोबर ४ मा अनावरण गरिने अनुमान रहेको छ।
प्रकाशित: २४ भाद्र २०८०, आईतवार