
काठमाडौं ।
ह्वावेकाे फ्ल्यागशिप फोन ह्वावे मेट ६० प्रो प्लस सार्वजनिक भएको छ।
मेट ६० प्रो प्लसका प्रमुख विशेषताहरूमा ठूलो कर्भ-एज ओएलइडी डिस्प्ले, नयाँ किरिन चिपसेट, ४८-मेगापिक्सेलको ट्रिपल रियर क्यामरा र ८८ वाट फास्ट चार्जिङ समावेश छन्।
डिभाइसले २,७२०x१,२२० पिक्सेलको १.५ के रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट, १०-बिट रङहरू, पी ३ कलर गामुट, र सेकेन्ड जेनेरेसनको ६.८२ इन्च ओएलइडी एलटीपीओ स्क्रिन प्रस्तुत गर्ने उल्लेख छ। यो १३ मेगापिक्सेल फ्रन्ट क्यामरा र ३ डी फेस रिकग्निसनका लागि ३ डी डेप्थ क्यामराको साथ आउने छ।
मेट ६० प्रो प्लसको पछाडिको क्यामरा सेटअपले ओआइएस र एफ/१.४ – एफ/४.० भेरिएबल एपर्चर, ४० मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल क्यामरा, र ४८ मेगापिक्सेलको प्राथमिक क्यामरा प्रदान गर्छ। ओआइएससंग मेगापिक्सेल अल्ट्रा-म्याक्रो टेलिफोटो क्यामरा प्रदान गर्ने उल्लेख छ।
फोन नविनतम हार्मोनी ओएस ४.० संग प्रिलोडेड आउँछ। जसअन्तर्गत, मेट ६० प्रो प्लसमा किरिन ९००० एस चिप, १६ जीबी र्याम, र १ टीबीसम्म स्टोरेज रहेकाे बताइएकाे छ।
मेट ६० प्रो प्लसले ८८ वाट वायर्ड चार्जिङ र ५० वाट वायरलेस चार्जिङलाई समर्थन गर्ने पर्याप्त ५,००० एमएएच ब्याट्री प्याक गर्छ। यसबाहेक, यसले २० वाट वायरलेस रिभर्स चार्जिङको सुविधा प्रदान गर्ने पनि उल्लेख छ।
मेट ६० प्रो प्लसमा उपलब्ध थप सुविधाहरूमा एनएम कार्ड स्लट, डुअल सिम, वाइ-फाइ ८०२.११ एएक्स, ब्लुटुथ ५.२, डुअल फ्रिक्वेन्सी जीपीएस, एनएफसी, आइआर ब्लास्टर, इन-स्क्रिन फिंगरप्रिन्ट स्क्यानर, टू वे स्याटेलाइट कम्यूनिकेसन, र आइपी ६८ रेटेड पानी र धुलो प्रतिरोधी चेसिस रहेका छन्।
ह्वावे मेट ६० प्रो प्लस १६ जीबी र्याम प्लस १ टीबी भण्डारण र १६ जीबी र्याम प्लस ५१२ जीबी भण्डारण जस्ता भेरियन्टहरूमा उपलब्ध हुनेछ। यी भेरियन्टहरूको मूल्य अझै खुलासा गरिएको छैन।
डिभाइस इन्कस्टोन ब्ल्याक र जुआन बाई (बेज) जस्ता रंगहरूमा आउँछ। मेट ६० प्रो प्लस को प्रि-अर्डरहरू अब ह्वावे मलमा लाइभ भएका छन्, र यो अक्टोबर ९ मा बिक्रीमा जाने छ। डिभाइस चीनमा १,००० युआनमा प्री-अर्डर गर्न सक्ने बताइएकाे छ।
ह्वावेले आफ्नो सबैभन्दा नयाँ फोल्डेबल फोन मेट एक्स ५ पनि शुक्रबार घोषणा गरेको छ।
प्रकाशित: २४ भाद्र २०८०, आईतवार