मिडियाटेकले टीएसएमसी प्रोसेस टेक्नोलोजीमार्फत विकास गर्यो पहिलो ३ एनएम चिप

  • Technology Khabar | २४ भाद्र २०८०, आईतवार
मिडियाटेकले टीएसएमसी प्रोसेस टेक्नोलोजीमार्फत विकास गर्यो पहिलो ३ एनएम चिप

काठमाडौं ।

मिडियाटेकले टीएसएमसीको ३ एनएम प्रोसेस टेक्नोलोजी (प्रक्रिया प्रविधि) मा आधारित आफ्नो पहिलो ३ एनएम चिपसेट सफलतापूर्वक विकास गरेको छ। उक्त नयाँ ३एनएम चिपसेटले फ्ल्यागशिप डाइमेन्सिटी सिरिजको सदस्यको रूपमा अर्को वर्ष व्यावसायिक रूपमा बजारमा उपलब्ध हुनेछ।

यद्यपी प्रेस विज्ञप्तिले नयाँ चिपसेट सम्बन्धी पूर्ण विवरणहरू उपलब्ध नगराएको र केवल टीएसएमसीको ३एनएम प्रोसेस (प्रक्रिया)मा मात्र प्रकाश पारेको छ। टीएसएमसीको ३एनएम प्रोसेसले आउट गोइङ्ग ५ एनएम एन ५ प्रोसेस (प्रक्रिया) तुलनामा पर्याप्त लाभहरू प्रदान गर्ने उल्लेख गरिएको छ।

उपलब्ध गराइएका डाटाकाअनुसार टीएसएमसीको नयाँ ३ एनएम प्रोसेस (प्रक्रिया) ले समान पावर ड्र प्रयोग गर्दै १८ प्रतिशत तिब्र रहेको दाबी गरिएको छ। यसले लजिक डेन्सिटीमा ६० प्रतिशतको वृद्धि प्रदान गर्दै समान गतिमा ३२ प्रतिशतले पावर रिडक्सन (कटौती) पनि ल्याएको जनाइएको छ।

मिडियाटेकले टीएसएमसीको प्रोसेस टेक्नोलोजी बेस्ड (प्रक्रिया प्रविधिमा आधारित) ३एनएम चिपहरू स्मार्टफोन, ट्याब्लेट, इन्टेलिजेन्ट कार र अन्य उपकरणहरूका लागि एच२ २०२४ मा लन्च गर्नेछ।

प्रकाशित: २४ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार