
काठमाडौं ।
होण्डाले उत्तरी अमेरिकामा यसको लक्जरी ब्रान्ड, एक्यूरा अन्तर्गतका भविष्यका विद्युतीय सवारी साधनहरू (इभी)का लागि टेस्लाको नर्थ अमेरिकन चार्जिङ स्ट्यान्डर्ड (एनएसीएस) अपनाउने प्रतिबद्धता गरेको छ।
भर्खरैको घोषणामा, अमेरिकी होन्डा मोटर कम्पनीका सीईओ नोरिया काइहाराले एक अन्तर्वार्तामार्फत एनएसीएस मापदण्डलाई अगाडि बढाउने महत्त्वलाई जोड दिएका हुन्।
जनरल मोटर्स (जीएम) मा धेरै भर पर्दै आएको होण्डाको प्रारम्भिक इभी मोडलहरू जीएमको अल्टीयम प्लेटफर्ममा निर्मित छन्। जीएमले २०२५ सम्म एनएसीएसमा स्विच गर्ने लक्ष्य राखेको छ भने, होण्डाले एक्वारा जेटडीएक्स जस्ता मोडलहरूका लागि मानक अपनाउन २०२५ वा २०२६ सम्म लाग्न सक्ने गिज्माेचाइनाले उल्लेख गरेकाे छ।
२०२५ मा, होण्डाले उत्तर अमेरिकामा एनएसीएस पोर्टयुक्त नयाँ इभी मोडल लन्च गर्ने योजना रहेकाले त्यस अगाडि नै होन्डाले आफ्ना मोडलहरूका लागि एनएसीएस मापदण्डहरू अपनाउन जारी राख्ने बताएको हो।
कम्पनीले २०२५ अघि उत्तर अमेरिकामा लन्च गर्ने इभी मोडलहरू, जुन कम्बाइन्ड चार्जिङ सिस्टम (सीसीएस) पोर्टले सुसज्जित हुने तथा चार्जिङ एडाप्टरको प्रयोग मार्फत एनएसीएससँग उपयुक्त हुने गरी विकास भइरहेको छ।
उत्तरी अमेरिकामा, होण्डाले भरपर्दो चार्जिङ पूर्वाधार निर्माण गर्ने उद्देश्यका साथ इभीएसको लागि उच्च शक्तिको चार्जिङ नेटवर्क निर्माण गर्न सात ओटा अटोमेकरहरू बीचको संयुक्त उद्यम स्थापना गर्न सहमत भएको घोषणा गरेको छ। यस पहलका अतिरिक्त, होण्डाले आफ्ना ग्राहकहरूलाई टेस्ला सुपरचार्जर स्टेशनहरू प्रयोग गर्न सक्षम बनाउन एनएसीएस अपनाउन सहमत भएको बताइएको छ। जसले चार्जिङ सुविधालाई उल्लेखनीय रूपमा वृद्धि गर्ने उल्लेख छ।
प्रकाशित: २४ भाद्र २०८०, आईतवार