
काठमाडौं ।
स्मार्टफोन ब्राण्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैं अग्रणी रहँदै आएको छ । स्मार्टफोनको दुनियाँमा नयाँ उन्नत नवीनतम प्रविधि भित्राउनुमा सामसङको अलग्गै प्रतिष्ठा रहेको छ, चाहे यो फोल्डेबल स्मार्टफोन प्रविधिलाई उन्नत बनाउन रहेको भूमिका होस्, या स्मार्टफोनबाट गर्न सकिने सम्भवताको परिधिहरुलाई निरन्तर रुपमा विस्तार गर्न होस्।
पहुँचयोग्य दायरामा पाइने नेटवर्किङ्ग क्षमताहरुका साथ निर्माण गरिएका सामसङका फोन वा सामसङको कनेक्टेड इकोसिस्टमका साथ विश्वलाई नजिक ल्याउन होस्, सामसङले सधैं नेपाली बजारमा आफ्नो ए–गेम ल्याउने गर्छ।
नेपालका दुई प्रमुख टेलिकम अपरेटरहरू, नेपाल टेलिकम र एनसेलको नेपालभर विभिन्न ब्यान्ड र फ्रिक्वेन्सीहरू सञ्चालनमा छन्। अहिले, नेपालमा संचालनमा रहेका सबै समान ब्याण्डहरु २जी लागि ब्याण्ड ८(९०० मेगाहर्ज), ३जीको लागि ब्याण्ड १ (२१०० मेगाहर्ज), फोरजीको लागि ब्याण्ड ३ (१८०० मेगाहर्ज) सबै सामसङद्वारा समर्थित छन् ।
नेपाल टेलिकमले भोल्टे विस्तार गर्ने दौरानमा आफ्नो एलटीई/फोरजी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्याण्ड २०(८०० मेगाहर्ज) प्रस्तुत गरेको थियो । सामसङद्वारा यसको परीक्षण गरिए पश्चात् आफ्ना उपकरणहरुमा सामसङले त्यसको प्रयोग पनि गरेको थियो । यस लगाएतै सन् २०२० देखि नेपालमा सामसङ ब्याण्ड २० समर्थित पहिलो मोबाइल ब्राण्ड बनेको हो।
सामसङले नेपालमा संचालनमा रहेका २ मुख्य संचालक एनटिसि र एनसेलहरुको यी सबै ब्याण्डहरु र फ्रिक्वेन्सीहरुको संचालनमा देहाय बमोजिम साथ दिंदै आएको छ ।
नेटवर्क एनसेल एनटिसि
२जी ब्याण्ड ८(९०० मेगाहर्ज) ब्याण्ड ८(९०० मेगाहर्ज)
३जी ब्याण्ड १(२१०० मेगाहर्ज) ब्याण्ड १(२१०० मेगाहर्ज)
४जी ब्याण्ड ३(१८०० मेगाहर्ज) ब्याण्ड ३(१८०० मेगाहर्ज)
४जी ब्याण्ड २०(८०० मेगाहर्ज)
नेपालका टेलिकम कम्पनीहरुले ५जी नेटवर्क शुरु गर्ने दिशामा कार्य गरिरहेका छन् र देशमा संचालित सबै नेटवर्क संचालकहरुले यो प्रविधिको व्यवसायिकरण गरेसंगैं प्रयोगकर्ताहरुले आफ्नो छन्को लागि तयार रहेको उपकरणहरुमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्नेछन्।
सामसङले सन् २०२१ देखि नै ५जीको लागि तयार विभिन्न मुल्यका स्मार्टफोनहरु उपलब्ध गराउँदै आइरहेको छ र देशमा छन् प्रविधि भित्राउने सन्दर्भमा यी दुवै टेलिकम संचालकहरुसँग निरन्तर काम गर्दै आइरहेको छ। कम्पनीले भर्खरै मात्र उनीहरुको अत्यन्त सुलभ मुल्यको छन् स्मार्टफोन सामसङ एम१४ फाइभजी बजारमा उपलब्ध पनि गराइसकेको छ ।
सामसङले हालैमात्र फाइभजीको लागि तयार उपकरणहरु उपलब्ध गराउन पूर्णरुपमा तम्तयार रहेको र यी उपकरणहरुमा रहेको ५जी सुचारु गर्न नेटवर्क संचालकहरुले छन् शुरुवात गर्ने दिनको पर्खाइमा रहेको जानकारी गराएको छ।
प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार