इन्टरनेट सेवाको गुणस्तर बढाउन जेडटीईसँग क्लासिक टेकको साझेदारी

  • Technology Khabar | २२ भाद्र २०८०, शुक्रबार
इन्टरनेट सेवाको गुणस्तर बढाउन जेडटीईसँग क्लासिक टेकको साझेदारी

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले आफ्नो भरपर्दो र उच्च गुणस्तरीय नेटवर्किङ कम्पोनेन्टहरूका लागि परिचित अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनी जेडटीई (ZTE) कर्पोरेशनसँग आफ्नो  साझेदारी घोषणा गरेको छ ।

कम्पनीले आफ्नो नेटवर्क पूर्वाधार विस्तार गर्न जेडटीईसँग हात मिलाएको छ। कम्पनीले  आफ्ना ग्राहकहरूलाई अतुलनीय इन्टरनेट सर्फिङ अनुभव प्रदान गर्न जेडटीईका अत्याधुनिक ड्यूल ब्याण्ड ५गीगाहर्ज ओएनयूहरु ल्याउनेछ ।

क्लासिक टेक ग्राहकहरूले छिटो इन्टरनेट गति,  विश्वसनीयता, र उच्च गुणस्तरका उपकरणहरूमा पहुँचको अपेक्षा गर्न सक्नेछन । यस सहकार्यले उत्कृष्ट इन्टरनेट सेवाहरू प्रदान गर्न र यसको प्रयोगकर्ता आधारको बढ्दो मागहरू पूरा गर्न क्लासिक टेकको प्रतिबद्धतालाई जोड दिनेछ।

क्लासिक टेकले  साना घरपरिवारदेखि ठूला निगमहरू सम्मका ग्राहकहरूको माग अनुसार सेवा दिदै आइरहेको छ, जसले गर्दा सबैले आफ्नो विशिष्ट आवश्यकताहरू अनुरूप भरपर्दो र उच्च-गतिको इन्टरनेट सेवाहरू पहुँच गर्न सक्ने जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार