चीनमा सरकारी कर्मचारीहरुलाई आईफोन प्रयोगमा प्रतिबन्धको चर्चासँगै एप्पलको सेयर घट्यो

  • Technology Khabar | २२ भाद्र २०८०, शुक्रबार
चीनमा सरकारी कर्मचारीहरुलाई आईफोन प्रयोगमा प्रतिबन्धको चर्चासँगै एप्पलको सेयर घट्यो

काठमाडौं ।

चीनले आफ्ना सरकारी कर्मचारीहरुलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाइएको खबरसँगै एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट आएको छ।

एप्पलको बजार पूँजीकरण दुई दिनमा ६ प्रतिशत भन्दा धेरै अर्थात २०० बिलियन अमेरिकी डलरले घटेको छ।

चीन एप्पलको तेस्रो ठूलो बजार हो। गत वर्ष कम्पनीको कुल राजश्वको १८ प्रतिशत चीनबाट आएको थियो।

एप्पलका धेरैजसो उत्पादनहरू चीनमा अवस्थित आपूर्तिकर्ता फक्सकनद्वारा निर्माण हुन्छन्।

वाल स्ट्रिट जर्नलको बुधबारको रिपोर्ट अनुसार बेइजिङले केन्द्रीय सरकारी एजेन्सीका अधिकारीहरूलाई कार्यालयमा आईफोनहरू ल्याउन वा कामको लागि प्रयोग नगर्न निर्देशन दिएको छ।

अर्को दिन ब्लूमबर्गले राज्य–स्वामित्व भएका कम्पनीहरू र सरकारी–समर्थित एजेन्सीका कामदारहरूमा पनि प्रतिबन्ध लगाउन सकिने रिपोर्ट गरेको छ।

आईफोन १५ सिरिज लन्च हुनु अघि यस्तो रिपोर्ट आएको छ। आईफोन १५ १२ सेप्टेम्बरमा लन्च हुने अपेक्षा गरिएको छ।

यी रिपोर्टको प्रतिक्रियामा चीन सरकारबाट कुनै आधिकारिक धारणा आएको छैन।

२.८ ट्रिलियन अमेरिकी डलर मूल्यांकन रहेको एप्पल संसारको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ।

यसको प्रभाव स्वरुप केही एप्पलका आपूर्तिकर्ताहरुको सेयर मूल्य पनि घटेको छ।

विश्वको ठूलो स्मार्टफोन चिप आपूर्तिकर्ता क्वालकमको सेयर बिहीबार ७ प्रतिशतले घटेको छ। दक्षिण कोरियाको एसके हाईनिक्सको सेयर शुक्रबार करिब ४ प्रतिशतले घटेको छ।

 

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सोनीको अर्को फ्ल्यागशिप इयरबड्स लीक

  • Technology Khabar
  • २२ भाद्र २०८०, शुक्रबार