भिभोलाई पछि पार्दै ग्लोबल स्मार्टफोन मार्केटमा ट्रान्जिसन शीर्ष ५ मा प्रवेश

  • Technology Khabar | २२ भाद्र २०८०, शुक्रबार
भिभोलाई पछि पार्दै ग्लोबल स्मार्टफोन मार्केटमा ट्रान्जिसन शीर्ष ५ मा प्रवेश

काठमाडौं ।

भिभोलाई पछि पार्दै ग्लोबल मार्केट सेयरमा ट्रान्जिसनले चिनियाँ स्मार्टफोन निर्मातालाई उछिनेकाे छ।

टेक्नो, इन्फिनिक्स, र आइटेल  ब्रान्डहरू अन्तर्गत स्मार्टफोनहरू बनाउने चिनियाँ निर्माता ट्रान्जिसनले भिभोलाई पछि पार्दै पहिलो पटक ग्लोबल शीर्ष ५ मा प्रवेश गरेको हाे।

ट्रान्जिसनको हाइ प्रोडक्सन आउटपुट इन्भेन्टरी रिप्लेनिस्मेन्ट, नयाँ उत्पादन प्रक्षेपण, र मीड-टू -हाइ इन्ड मार्केटमा यसको प्रवेशको कम्बिनेसनद्वारा संचालित रहेको उल्लेख छ।

उता ट्रेन्ड फोर्सको रिपोर्टअनुसार, विश्वव्यापी स्मार्टफोन उत्पादन २०२३ दोस्रो त्रैमासमा २७२ मिलियन इकाईमा झरेको छ, जुन १० वर्षको सबैभन्दा कम त्रैमासिक स्तर हो।

विश्वव्यापी स्मार्टफोन बजारले धेरै चुनौतीहरूको सामना गरिरहेका बेला,   ट्रान्जिसनको वृद्धिले मोबाइल फोन बजारमा अझै पनि वृद्धिको लागि ठाउँ छ भन्ने सङ्केत देखिएको उल्लेख छ।

त्यस्तै, बजारमा समग्र गिरावटको बावजुद, अर्को रोचक विकास शाओमी र ओप्पोको बलियो प्रदर्शन रहेको छ। दुवै कम्पनीहरूले दोस्रो त्रैमासमा उत्पादन वृद्धि देखाएका छन्। शाओमीले च्यानल इन्भेन्टरीको रणनीतिक ह्रास र नयाँ उत्पादन प्रक्षेपणको आकर्षणबाट लाभान्वित भएको तथा ओप्पोले दक्षिणपूर्व एसिया र अन्य क्षेत्रहरूमा रिबाउन्डिङ मागको लहर चलाएको उल्लेख छ।

शाओमी र ओप्पोको बलियो प्रदर्शनले कठिन आर्थिक वातावरणमा पनि स्मार्टफोनको माग रहेको देखाएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार