टेस्लाद्वारा टेक गोप्यता उल्लङ्घनको आरोपमा चिनियाँ कम्पनीविरुद्ध मुद्दा

Technology Khabar २२ भाद्र २०८०, शुक्रबार

काठमाडौं ।

टेस्ला सांघाईले टेक गोप्यता उल्लङ्घनको आरोपमा चिनियाँ कम्पनीविरुद्ध मुद्दा हालेको छ।

सांघाई सेक्युरिटीज जर्नलको मंगलबारको प्रकासित रिपोर्टका अनुसार, टेस्लाले टेक गोप्यता उल्लङ्घन तथा अनुचित प्रतिस्पर्धा विवादका लागि  चियाङसु प्रान्तको चाङ्झाउमा रहेको चिप डिजाइनर र अटो पार्ट्स निर्माता कम्पनी ‘बिङलिङ इन्टेलिजेन्ट टेक्नोलोजी’ विरुद्ध फर्मलाई मुद्दा हालेको  हाे।

रिपोर्टकाअनुसार उक्त मुद्दा अक्टोबर १० मा सांघाई इन्टेलेक्चुअल प्रोपर्टी कोर्टमा सुनुवाइ हुनेछ।

” उक्त कम्पनी शाओमीको इन्भेस्टमेन्ट फण्ड यूनिट बेइजिङको ११.९ प्रतिशतको स्वामित्वमा छ।”, रिपोर्टले चिनियाँ बिजनेस डाटा प्लेटफर्म टिअनयाङ्चा लाई उद्धृत गर्दै भन्यो।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया