टेस्लाको गीगा सांघाईले उत्पादन गर्यो २० लाख टेस्ला कार

  • Technology Khabar | २२ भाद्र २०८०, शुक्रबार
टेस्लाको गीगा सांघाईले उत्पादन गर्यो २० लाख टेस्ला कार

काठमाडौं ।

टेस्लाको गीगा सांघाईले कारखानामा २० लाख ईभी उत्पादन गर्दै एउटा कोशेढुंगा पुरा गरेको छ।

आफ्नो सामाजिक सञ्जाल च्यानलहरूमार्फत सांघाई प्लान्ट, जसलाई गीगा फ्याक्ट्री ३ पनि भनिन्छ, यसले आफ्नो २० लाख विद्युतीय कार रोलआउट गरेको उल्लेख छ।

गीगा सांघाईले २०१९ को अन्त्यमा सञ्चालन सुरु गरेको थियो। प्लान्टले सञ्चालन सुरु गरेदेखि चार वर्ष भन्दा कम समयमा उक्त मात्रामा ईभी उत्पादन गरेर उल्लेखनीय माइलस्टोन पार गरेको हो।

टेस्लाका अनुसार अगस्ट २०२२ मा फ्याक्ट्रीलाई पहिलो मिलियन इलेक्ट्रिक कार उत्पादनमा पुग्न ३३ महिना लागेको छ। त्यस्तै दोस्रो मिलियन युनिट १३ महिनामा नै उत्पादन भएको उल्लेख छ। उत्पादन गतिले गीगा सांघाईको तीस लाखौं कार पुग्न सम्भवतः अझ छिटो हुने सुझाव दिएको छ।

हाल, गीगा सांघाई कारखाना मुख्य रूपमा मोडल वाईको उत्पादनमा केन्द्रित छ। नयाँ उत्पादित रातो टेस्ला मोडेल वाईको साथमा गिगा सांघाई टोलीलाई प्रदर्शन गर्दै इभी निर्माताले यस उपलब्धिको सम्झनामा एउटा तस्बिर पनि पोस्ट गरेको उल्लेख छ।

टेस्ला चाइनाले गत जुलाईमा यो सुविधाले आफ्नो १० लाख मोडल वाई क्रसओभर गाडी सफलतापूर्वक निर्माण गरेको जानकारी दिएको थियो।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...