आईफोन १५ सिरिजको क्यामराहरुको विस्तृत विवरण सार्वजनिक

Technology Khabar २२ भाद्र २०८०, शुक्रबार

काठमाडौं ।

आईफोन १५ सिरिज सेप्टेम्बर १२ तारिखमा आउन तयार भएको छ। यस नयाँ मोडलमा लाइटनिङ पोर्टको सट्टामा यूएसबी टाइप सीका साथै क्यामरा सेटअपमा पनि उल्लेखनियरुपमा सबैभन्दा ठूलो अपग्रेड देखिने उल्लेख गरिएको छ।

भित्री स्रोतबाट आएका जानकारीहरुको अनुसार अपग्रेड गरिएका क्यामराहरूको विवरणहरूलाई जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

आईफोन १५ र आईफोन १५ प्लस

भेनिला मोडलहरूमा ४८ मेगापिक्सेलको मुख्य सेन्सरमा बम्प हुने उल्लेख गरिएको छ। यद्यपी रिपोर्टहरूले यो हालको आईफोन १४ प्रो सिरिजको जस्तो ४८ मेगापिक्सेलको भने नहुने सुझाव दिएको छ। त्यसको सट्टामा आईफोन १५ र १५ प्लसले स्ट्याक्ड डिजाइन सहितको नयाँ सोनी सेन्सर प्राप्त गर्ने र यसले रिडआउट र लोलाईट क्वालीटी (कम प्रकाश गुणस्तर) का साथ मद्दत गर्ने उल्लेख गरिएको छ।

मुख्य क्यामराः ४८ मेगापिक्सेल, एफ/१.६
अल्ट्रावाइडः १२ मेगापिक्सेल, एफ/२.४

आईफोन १५ प्रो

आईफोन १५ प्रो मा हालको आईफोन १४ प्रो को ४८ मेगापिक्सेलको मुख्य सेन्सर कायम राखिने तर नयाँ, राम्रो अल्ट्रावाइड क्यामरा पनि प्राप्त गर्ने जनाइएको छ। टेलिफोटो क्यामराको गुणस्तरमा सुधारको अपेक्षा गरिएको छ भने यसको मुनिको हार्डवेयर समान रहने उल्लेख गरिएको छ।

मुख्य क्यामराः ४८ मेगापिक्सेल, एफ/१.८, सोनी आईएमएक्स८०३ १/१.३”
टेलिफोटोः १२.७ मेगापिक्सेल, एफ/२.८
अल्ट्रावाइडः १३.४ मेगापिक्सेल, एफ/२.२

आईफोन १५ प्रो म्याक्स

आईफोन १५ प्रो म्याक्समा प्रो जस्तै मुख्य र अल्ट्रावाइड क्यामराहरू हुनेछन्। तर नयाँ पेरिस्कोप जुमलाई विशेष रूपमा प्रिमियर गर्ने आईफोन हुने जनाइएको छ। एक रिपोर्टका अनुसार जूम ५ एक्स र १० एक्स बीचमा जाने उल्लेख गरिएको छ।

मुख्य क्यामराः ४८ मेगापिक्सेल, एफ/१.८, सोनी आईएमएक्स८०३ १/१.३”
टेलिफोटोः १२.७ मेगापिक्सेल, एफ/२.८, ८५एमएम पेरिस्कोप लेन्स,१/१.९”
अल्ट्रावाइडः १३.४ मेगापिक्सेल, एफ/२.२

चीनबाट आएको यस लीक अनुसार नयाँ पेरिस्कोप एफ/२.८ अपर्चर र १/१.९” सेन्सर सहितको ८५ एमएम बराबरको लेन्स हुनेछ। यसले जूमलाई लगभग ४ एक्समा राख्ने जनाइएको छ। यदि यो ५ एक्स वा त्यसभन्दा माथि जाने हो भने डिजिटल जुम लागू गर्न आवश्यक हुनेछ।

स्पेस कन्स्ट्रेन्ट्सले गर्दा एप्पलले पेरिस्कोपलाई प्रो म्याक्समा एक्सक्लुसिभ फिचर बनाउने निर्णय गरेको विश्लेषकहरूले सुझाव दिएका छन्। त्यस्का साथै १५ प्रो म्याक्समा रहेको क्यामरा मोड्युल १५ प्रो र अघिल्लो पुस्ताको प्रो म्याक्सको तुलनामा उल्लेखनीय रूपमा ठूलो हुने जनाइएको छ।

त्यसैगरी एप्पलले सन् २०२४ को आईफोन १६ प्रो र प्रो म्याक्सलाई क्रमशः ६.३ इन्च र ६.९ इन्च ठूलो बनाउने अपेक्षा गरिएको छ र यसले गर्दा दुबै मोडेलहरूमा पेरिस्कोप समावेश गर्नलाई अनुमति दिने थप उल्लेख गरिएको छ।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया