चीनमा सरकारी कर्मचारीहरुलाई आईफोनसहित विदेशी ब्राण्डका फोन प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar | २१ भाद्र २०८०, बिहीबार
चीनमा सरकारी कर्मचारीहरुलाई आईफोनसहित विदेशी ब्राण्डका फोन प्रयोगमा प्रतिबन्ध

काठमाडौं ।

चीनले आफ्ना सरकारी कर्मचारीहरुलाई एप्पलको आईफोनलगायत विदेशी फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। केन्द्रीय सरकारी एजेन्सीहरूमा कार्यरत चिनियाँ सरकारी अधिकारीहरूले चिनियाँ स्मार्टफोन मात्र प्रयोग गर्न सक्छन्।

यो प्रतिबन्धले एप्पल आईफोनसहित विदेशी ब्रान्डका सबै स्मार्टफोनलाई समावेश गर्दछ। गत वर्षको अन्तिम क्वाटरमा चीनमा एप्पलको बजार हिस्सा २२ प्रतिशत थियो।

एप्पल आईफोनहरू चिनियाँ क्षेत्रमा धेरै लोकप्रिय छन्। अब, प्रतिबन्ध सबै विदेशी स्मार्टफोनहरूमा लागू भएपनि, विशेष गरी एप्पल उपकरणहरूमा ध्यान केन्द्रित छ। र यसको पछाडि राम्रो कारण दिईएको छ।

पछिल्लो केही महिनायता चीन र अमेरिकाबीचको तनाव निरन्तर बढिरहेको छ। चीनले विदेशी प्रविधिमा आफ्नो निर्भरतालाई सकेसम्म कम गर्ने योजना बनाएको बताइएको छ। यो कदम सुरक्षा बढाउन र संवेदनशील डाटाको चुहावट रोक्नको लागि भएको उल्लेख छ।

प्रतिबन्धअनुसार चीनका सरकारी अधिकारीहरूले अब समूह च्याट र बैठकका लागि आईफोन प्रयोग गर्न पाउने छैनन्। र सबैभन्दा महत्त्वपूर्ण पक्ष यो हो कि अधिकारीहरूले काममा हुँदा एप्पल डिभाइस पनि बोक्न सक्दैनन्। यद्यपि, अधिकारीहरू आफ्नो कार्यस्थल बाहिर वा घरमा हुँदा एप्पल आईफोनहरू प्रयोग गर्न सक्नेछन्।

यसअघि अमेरिकाले पनि टेक जायन्टहरु ह्वावे र जेडटिई लगायत अन्य कम्पनीहरु माथि प्रतिबन्ध लगाएको थियो।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २१ भाद्र २०८०, बिहीबार