एप्पलले आईओएस १७ र आईप्याडओएस १७ एकै साथ रिलिज गर्ने

  • Technology Khabar | २१ भाद्र २०८०, बिहीबार
एप्पलले आईओएस १७ र आईप्याडओएस १७ एकै साथ रिलिज गर्ने

काठमाडौं ।

एप्पलले अगामी सेप्टेम्बर १२ मा हुने वन्डरलस्ट इभेन्टको लागि तयारी गरि रहेको र सो कार्यक्रममा कम्पनीले अर्को पुस्ताका आईफोनहरू, वाच सिरिज र थप प्रोडक्टहरु अनावरण गर्ने उल्लेख गरिएको छ।

साथै एप्पलको ‘वन्डरलस्ट इभेन्ट’ को लागि अब मात्र दुई हप्ताभन्दा कम समय बाँकी रहेको अवस्थामा अत्यधिक भरपर्दो रिपोर्टर मार्क गुरम्यानले आफ्नो साप्ताहिक पावर अन न्यूजलेटरमा आईफोन र आईप्याडका लागि सफ्टवेयरको अर्को संस्करणमा केही नयाँ जानकारी साझा गरेका छन्। क्युपर्टिनो–बेस्ड टेक जायन्टले यस वर्ष जुनमा आयोजत आफ्नो वार्षिक डब्ल्यूडब्ल्यूडीसीमा आईओएस १७ र आईप्याडओएस १७ को घोषणा गरेको थियो भनी गीज्मोचाइनामा उल्लेख गरिएको छ।

एप्पलले आईफोन र आईप्याडका लागि अर्को आगामी सफ्टवेयर संस्करणहरू एकै साथ जारी गर्ने
आईफोन र आईप्याडका लागि एप्पलको अपरेटिङ सिस्टमको नयाँ संस्करणहरू सामान्यतया अचम्म तवरमा रोल आउट गरिने गरिएको उल्लेख छ। तिनीहरू प्रायः पब्लिकहरुका लागि कम्पनीको एनुअल (वार्षिक) फल इभेन्टमा जारी गरिने जनाइएको छ। यस अघि, सफ्टवेयरको घोषणा गरिएको नयाँ संस्करण व्यापक बीटा परीक्षणबाट जाने उल्लेख गरिएको छ।

ब्लूमबर्गका मार्क गुरम्यानले कम्पनीले आईओएस १७ र आईप्याडओएस १७ को आठौं बेटालाई अन्तिम संस्करणको रूपमा कन्सिडर गर्ने भनी एप्पल भित्रका स्रोतहरूबाट थाहा पाएको जनाइएको छ। दुबै ओएसको आठौं बेटा संस्करण गत हप्ता डेभलपर्स (विकासकर्ताहरू) र पब्लिक बेटा टेस्टर्सहरूलाई जारी गरिएको थियो। क्युपर्टिनो–आधारित टेक जायन्टले आईफोन र आईप्याडका लागि दुवै नयाँ सफ्टवेयर संस्करणहरू एकै साथ जारी गर्ने योजना बनाएको जनाइएको छ।

गत वर्ष, सेप्टेम्बर १२ मा आईफोनहरूका लागि आईओएस १६ मात्रै जारी गरिएको थियो। आईप्याडओएस १६ भने आईओएस १६ आएको लगभग एक महिनापछि अक्टोबर २४ मा आइपुगेको थियो। स्टेज म्यानेजरसँग सम्बन्धित समस्याहरूको कारणले गर्दा त्यसो हुन गएको उल्लेख गरिएको छ। आगामी आईओएस १७ र आईप्याडओएस १७ भने सेप्टेम्बर १२ मा आईफोन १५ लन्च घोषणा पश्चात चाँडै आउने अपेक्षा गरिएको छ।

आईओएस १७ ले अब स्ट्यान्डबाइ मोड, नयाँ एयरड्रप क्षमताहरू, इन्टरएक्टिभ विजेटहरू, जर्नल एपका साथै अन्य अपग्रेडहरू समावेश गर्नेछ। त्यसैगरी आईप्याडओएस १७ एक कस्टमाइज लक स्क्रिन, सफारी प्रोफाइल्स, हेल्थ एप र अन्य थप फचर्सका साथ आउनेछ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...