
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटेलाइट राख्नका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा २० करोड रुपैयाँ बजेट छुट्याएको छ।
प्राधिकरणले हालै पारित गरेको बजेटअनुसार परामर्शदाताबाट अन्तिम प्रतिवेदन प्राप्त गर्न १० करोड रुपैयाँ र नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न १० करोड रुपैयाँसहित २० करोड रुपैयाँ बिनियोजन गरेको हो।
प्राधिकरणको वार्षिक कार्यक्रमअनुसार नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने सम्बन्धमा आवश्यक ऐन नियम तथा रणनैतिक योजनाहरु तयार गर्ने एवं स्याटेलाइट स्थापना, संचालन एवं व्यवस्थापन सम्बन्धमा प्रतिवेदन प्राप्त गर्ने र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरिनेछ।
नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने सम्बन्धमा आवश्यक ऐन नियम तथा रणनैतिक योजनाहरु तयार गर्ने एवं स्याटेलाइट स्थापना, संचालन एवं व्यवस्थापन सम्बन्धमा प्रतिवेदन प्राप्त गर्ने गत आवको निरन्तरता हो भने नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने नयाँ कार्यक्रममा हो।
जस अनुसार प्रथम त्रैमासिकमा परामर्शदाताबाट अन्तिम प्रतिवेदन प्राप्त गर्न १० करोड रुपैयाँ छुट्याईएको छ। दोस्रो त्रैमासिकमा स्याटेलाइट डिजाइनिङ, लन्चिङ, ग्राउन्ड स्टेशन निर्माणका लागि सरकार समक्ष पेश गर्ने प्राधिकरणको योजना छ।
यसबाट नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न आवश्यक, कार्यविधि, सञ्चालन माडालिटी तथा आवश्यक कानुनी नीति तयार हुने प्राधिकरणको विश्वास छ।
नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। तेस्रो त्रैमासिकमा स्याटेलाइट डिजाइनिङ, लन्चिङ, ग्राउन्ड स्टेशन निर्माणका लागि सरकारको निर्देशन बमोजिम काम गर्ने प्राधिकरणले बजेटमा उल्लेख गरेको छ।
यसबाट नेपालको आफ्नै स्याटेलाइट स्थापनाका लागि प्रक्रिया अघि बढ्ने प्राधिकरणले विश्वास व्यक्त गरेको छ।
प्रकाशित: २० भाद्र २०८०, बुधबार