धार्मिक तथा पर्यटकिय स्थलमा वाईफाई पुर्याउन दूरसञ्चार प्राधिकरणद्वारा १२ करोड बजेट विनियोजन

  • Technology Khabar | २० भाद्र २०८०, बुधबार
धार्मिक तथा पर्यटकिय स्थलमा वाईफाई पुर्याउन दूरसञ्चार प्राधिकरणद्वारा १२ करोड बजेट विनियोजन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले धार्मिक तथा पर्यटकिय स्थल वाईफाई इन्टरनेट सेवा विस्तार गर्न १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ मा धार्मिक तथा पर्यटकिय स्थल वाईफाई इन्टरनेट सेवा विस्तार गर्न १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

धार्मिक तथा पर्यटकिय स्थलमा वाईफाई सेवा गर्ने योजना नयाँ हैन। यो गत आर्थिक वर्ष २०७९/८० को निरन्तरता हो। यसका लागि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सेवा प्रदायक छनोट गर्न सूचना प्रकाशन गर्ने योजना बनाएको छ। दोस्रो त्रैमासिकमा पहिलो चरणका स्थानहरुमा कार्य सम्पन्न गरी भुक्तानी गर्ने योजनामा प्राधिकरण रहेको छ।

तेस्रो त्रैमासिकसम्म छनोट गरिएका धार्मिक तथा पर्यटकिय स्थलमा वाईफाई सेवा विस्तार गरी भुक्तानी गरि सक्ने प्राधिकरणले लक्ष्य लिएको छ।

प्रकाशित: २० भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...