आईफोन १५ अल्ट्रा यस वर्षको पाँचौं मोडेल हुन सक्ने

Technology Khabar २० भाद्र २०८०, बुधबार

काठमाडौं ।

एप्पलले आगामी हप्ता आफ्नो अर्को पुस्ताको आईफोन र एप्पल वाच सिरिज अनावरण गर्ने तयारीमा रहेको छ। ब्रान्डको आगामी वन्डरलस्ट इभेन्ट सेप्टेम्बर १२ (आगामी मंगलबार) को लागि सेट गरिएको उल्लेख छ। साथै धेरै लीक र अफवाहहरूले आईफोन १५ सिरिजको विवरणहरू प्रस्तुत पनि गरिसकेका छन्। हालका लागि लाइनअपमा स्ट्याण्डर्ड, प्लस, प्रो र प्रो म्याक्स भेरियन्टहरू समावेश हुने अपेक्षा गरिएको थियो। यद्यपि, नयाँ लीकले नयाँ विकासमा आईफोन १५ सिरिजमा थप मोडल हुन सक्छ भनेर खुलासा गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

आईफोन १५ सिरिजमा नयाँ मोडल समावेश गरिने सम्भावना
एप्पलले आईफोन १५ अल्ट्राको लागि आईफोन १५ प्रो म्याक्स मोनिकरलाई छोड्न सक्छ भनेर यस अघि अफवाहहरू रहेका थिए। नयाँ विकासमा, टिपस्टर माजिन बुले आफ्ना स्रोतहरूबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै एप्पलले आईफोन १५ अल्ट्रा मोडल प्रस्तुत गर्न सक्ने बताएका छन्। साथै यस लाइनअपमा पाँचौ भेरियन्ट पनि रहने जनाइएको छ। आईफोन १५ प्रो म्याक्स मा ६जीबी र्याम र १टीबी सम्मको स्टोरेज प्याक गरिने उल्लेख छ। अर्कोतर्फ, अल्ट्रा भेरियन्टमा भने ८जीबी र्याम र २टीबी स्टोरेज रहने जनाइएको छ। साथै यसमा नियमित प्रो मोडेलको तुलनामा सुधारिएको क्यामराहरू पनि फिचर गर्ने थप उल्लेख छ।

हाइयर र्याम, स्टोरेज र क्यामरा इम्प्रुभमेन्टस (सुधार) ले गर्दा एप्पललाई आईफोन १५ अल्ट्रा लन्च गर्नको लागि अर्थपूर्ण बनाएको उल्लेख छ। साथै अल्ट्रा भेरियन्टको मूल्य प्रो म्याक्स मोडलको भन्दा १०० अमेरिकी डलर बढी हुन सक्ने टिपस्टरले थप उल्लेख गरेका छन्। त्यसैगरी केहि केस निर्माताहरूले आईफोन १५ प्रो म्याक्सलाई आईफोन १५ प्रो अल्ट्राबाट अलग गरेको जनाइएको छ।

आईफोन १५ अल्ट्राको बारेमा सुन्नमा आएको यो पहिलो पटक भने नभएको उल्लेख छ। विगतका अफवाहहरूका अनुसार आईफोन १५ अल्ट्रा टाइटेनियम बडी, एक्शन बडी, डुअल फ्रन्ट–फेसिङ क्यामेराका साथै थप अन्य फिचर्स सहित आउने अपेक्षा गरिएको छ।

एप्पलको वन्डरलस्ट इभेन्टको लागि अब दुई हप्ता भन्दा पनि कम समय रहेको र सो कार्यक्रममा आधिकारिक जानकारीहरु बारेमा थाहा पाउन सकिने उल्लेख गरिएको छ।

प्रकाशित: २० भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया