
काठमाडौं ।
बीएमडब्ल्यूका सीईओ ओलिभर जिप्सेले युरोपेली अटोमेकरले चिनियाँ प्रतिद्वन्द्वीहसँग प्राइस वारमा जित्न नसक्ने बताएका छन्। प्राइस वारमा युरोपेली अटोमेकरको हार हुने सीईओ जिप्सेले बताएका हुन्।
नयाँ पेट्रोल र डिजेल कारहरूमा इयूको प्रतिबन्धले युरोपेली अटोमेकरहरूलाई चिनियाँ प्रतिद्वन्द्वीहसँग प्राइस वारमा धकेलिरहेको बताउँदै उनले युरोपेली अटोमेकरहरू जित्न “आधारभूत रूपमा असम्भव” रहेको बताए । जिप्सेले बेसीक कार सेग्मेन्टले या त यो गायब हुने, अथवा युरोपेली अटोमेकरहरूको प्रभुत्व नहुने स्थिती पैदा गर्ने यि दुई सम्भावित परिणामहरू पैदा हुन सक्ने पनि बताए।
उनले बीवाइडी जस्ता चिनियाँ अटोमेकरहरू आक्रामक रूपमा विद्युतीय सवारीको बजारमा विस्तार भइरहेका तथा बढ्दो महत्वाकांक्षी बन्दै गएको उल्लेख गरे। बीएमडब्ल्यू अझै पनि प्राइस वारबाट प्रभावित नभएको बरु यसले धेरै चिनियाँ अटोमेकरहरूको नाफा घटाएको जिप्सेले बताए। उनले फक्सवागनलाई औंल्याए, जसलाई बीवाइडीद्वारा चीनको सबैभन्दा धेरै बिक्री हुने अटोमेकरको रूपमा प्रतिस्थापित गरेको थियो ।
उनले युरोपेली अटोमेकरहरूले सामान्य कार सेगमेन्टमा प्रतिस्पर्धा गर्न नयाँ तरिकाहरू खोज्नुपर्ने बताए।
अटोमोटिभ उद्योग एक ठूलो परिवर्तन गुजरिरहेको छ। जबकि फक्सवागन र बीएमडब्ल्यू जस्ता स्थापित निर्माताहरूले अझै पनि पेट्रोल र डिजेल कारहरू उत्पादन गर्छन्, विद्युतीय सवारीहरू बढ्दो व्यापक र लोकप्रिय हुँदैछन्। त्यस्तै, टेस्ला र धेरै चिनियाँ कम्पनीहरूले मात्र यो परिवर्तनलाई गति दिँदै इभी क्याटागोरीमा उत्पादन गरिरहेका छन् । यसले विशेष गरी पुरानो र नयाँ बीचको शीतयुद्धको नेतृत्व गरिरहेको छ।
प्रकाशित: २० भाद्र २०८०, बुधबार