सामसङ ग्यालेक्सी ट्याब ए९ लन्च नजिकिँदै, बीआईएस सर्टिफिकेसनमा देखियो

  • Technology Khabar | २० भाद्र २०८०, बुधबार
सामसङ ग्यालेक्सी ट्याब ए९ लन्च नजिकिँदै, बीआईएस सर्टिफिकेसनमा देखियो

काठमाडौं ।

सामसङ ग्यालेक्सी ट्याब ए९ सिरिजलाई हालै ब्रान्डको प्रमुख ट्याब्लेटको रूपमा घोषणा गरिएको थियो। अधिक किफायती ए–सिरिज ट्याब्लेट लाइनअपको लन्च अब वरिपरि रहेको जस्तो देखिएको जनाइएको छ। यस ट्याब्लेट लाइनअपमा ग्यालेक्सी ट्याब ए९ मोडल पनि समावेश हुने र उक्त ग्यालेक्सी ट्याब ए९ मोडल इन्डियन सर्टिफिकेसन (भारतीय प्रमाणीकरण) वेबसाइटमा देखा परेकाले यसलाई चाँडै नै लन्च गरिने सम्भावना रहेको उल्लेख छ।

सामसङ ग्यालेक्सी ट्याब ए९ बीआईएस
दक्षिण कोरियाली टेक जायन्टको ग्यालेक्सी ट्याब ए९ बीआईएस (ब्यूरो अफ इन्डियन स्ट्याडर्डस्) मा देखिएको जनाइएको छ। साथै यो ट्याब्लेट मोडल सुरुमा टीडीआरए सर्टिफिकेसन (प्रमाणीकरण) वेबसाइटमा देखा परेको थियो। त्यसैगरी ग्यालेक्सी ट्याब ए९ को उपस्थितिले यस डिभाइसको लन्च नजिकै रहेको भन्ने संकेत गरेको जनाइएको छ। चर्चित टिपस्टर मुकुल शर्मा (२कतगााष्कितष्लनक) ले बीआईएसमा ग्यालेक्सी ट्याब ए९ र ग्यालेक्सी ट्याब ए९+(प्लस) मोडलहरू फेला पारेका थिए।

सर्टिफिकेसन लिस्टिङ्ग (प्रमाणीकरण सूची) अनुसार ग्यालेक्सी ट्याब ए९ को मोडल नम्बर एसएम–एक्स ११५ रहेको जनाइएको छ। बीआईएस सर्टिफिकेसन (प्रमाणीकरण) ले यी आगामी ट्याब्लेटहरूको भारतीय उपलब्धता पनि पुष्टि गरेको उल्लेख छ। अहिलेसम्म थाहा पाएको आधारमा सामसङ ग्यालेक्सी ट्याब ए९ मा फाइभजी, वाईफाई, ब्लुटुथ, जीपीएस र एफएम समर्थन रहने उल्लेख छ। हुड अन्तर्गत, ठूलो ५,१००एमएएच ब्याट्री प्याकले यस डिभाइसलाई पावर प्रदान गर्ने (शक्ति दिने) छ भने यसले १५ डब्ल्यू फास्ट चार्जिङलाई समर्थन पनि गर्ने उल्लेख गरिएको छ।

यद्यपी, ग्यालेक्सी ट्याब ए९ सिरिजको मूल्य निर्धारण, स्पेसिफिकेसन्स्, फिचर्स र सही लन्च टाइमलाइन (समयरेखा) जस्ता विस्त्रित विवरणहरू भने अझै पनि स्पष्ट नभएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: २० भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...