
काठमाडौं ।
शाओमीले शाओमी साउण्ड एण्ड साउण्ड प्रो स्पिकरहरूमा नयाँ शाओ एआई मोडलको परीक्षण सुरु गर्ने भएको छ।
अनलाइनमा आएको पछिल्लो रिपोर्ट अनुसार, शाओमीले केही प्रयोगकर्ताहरूलाई शाओमी साउण्ड र साउण्ड प्रोमा नयाँ शाओ एआई मोडल अपडेटको आन्तरिक परीक्षणमा भाग लिन आमन्त्रित गरिरहेको बताइएको छ।
शाओमीले आफ्नो शाओमी साउण्ड प्रो स्मार्ट स्पिकर डिसेम्बर २०२२ मा लन्च गरेको थियो। यो स्मार्ट स्पिकर यसको ट्रान्सप्यारेन्ट अप्पर बडीको साथमा संगीतको रिदमसँगै चेन्ज हुने प्रकाशको लागि परिचित रहेको बताइएको छ। आइटी होमको हालैको रिपोर्टले उत्कृष्ट शाओ एआई संस्करणको विकास पूरा भएको तथा परीक्षण चरणबाट गुज्रिरहेको उल्लेख छ।
कम्पनीले सीमित व्यक्तिहरूलाई आन्तरिक रूपमा यो नयाँ आवाज सहायक परीक्षण गर्न आमन्त्रित गरिरहेको छ। त्यस्तै, रिपोर्टले परीक्षणको लागि प्रयोग गरिएका उपकरणहरू शाओमी साउण्ड र साउण्ड प्रो रहेका पुष्टि गरेको पनि बताइएको छ।
यसबाहेक, नयाँ भ्वाइस असिस्टेन्टले अपडेटेड डायलगहरू, एक्टिभ क्वेइसन एन्सरिङ, प्राथमिकताहरूमा आधारित राम्रो रिकोमेण्डेसनहरु, र लर्निङ असिस्टेन्स जस्ता नयाँ सुविधाहरूको साथ आउने अपेक्षा गरिएको उल्लेख छ।
प्रकाशित: २० भाद्र २०८०, बुधबार